2026-10-20 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन नसकी फेरि स्थगित गर्नुपरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हालै दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्। उक्त विषयमा प्रधानमन्त्रीले थप स्पष्ट जवाफ दिनुपर्ने र सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग विपक्षीहरूको छ। आइतबारयता लगातार संसद अवरुद्ध हुँदै आएको छ। सरकार र विपक्षी दलबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको नियमित कार्यसूची प्रभावित बनेको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो अडान कायम राखेका छन् भने सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ