२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरियो सवारी ट्रायल दिने तरिका, अब यसरी दिनुपर्छ ट्रायल

२०७३, २१ पुष बिहीबार ०९:३४

पुस २१, काठमाडौं । सवारी चलाक अनुमति पत्र लिनको ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको छ । काठमाडौंबाट चार पांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न नयाँ नियम सुरु गरेको हो । 

नयाँ नियम अनुसार ट्रायलको बिधि र नियममा केहि परिमार्जन गरिएको छ । चार पांग्रे सवारीको अनुपत्र लिनको लागि ट्रायल दिंदा अब  पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गराउन पाइनेछैन । अब ट्रायल दिँदा सुरुमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्नेछ । चालकले सुरुमा गाडी स्टार्ट गरेपछि सिधै ‘टी’ सेपमा लैजानेछन् । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ ।

यसअघिको प्रक्रिया अनुसार पहिले ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । यसरी ट्रायल दिंदा 'एट' पास गरेकाहरु पनि 'टि' सेपमा गएर फेल हुन्थे । 

बिभागले अन्तिम पुगेर फेल हुनुभन्दा सुरुमै उक्त चरणको परिक्षा लिंदा समयको बचत पनि हुने र ट्रायल दिनेलाई पनि सहज हुने बताएको छ । अहिलेको नियम अनुसार सबैभन्दा बढी फेल हुने चरणलाई सुरुमै राख्दा धेरै जनाको ट्रायल लिन समय पाउन सकिनेछ ।

विभागले पछिल्लो पटक लिखित दिएर ३ पटकसम्म ट्रायल दिन पाउने ब्यवस्था गरेपछि ट्रायल दिनेको चाप बढेको छ । नयाँ नियमले ट्रायल सेन्टरमा बढ्ने चाप पनि थेग्न सकिने बिभागको विश्वास छ ।

नयाँ नियम परिवर्तन भएपछी चार पांग्रे गाडीको ट्रायल दिनेले अब गाडी स्टार्ट भएपछी पहिला ‘टी’ हुँदै ‘एट’, ‘यु’, भएर हाइटमा चढेर र्‍याम्प पुगेपछि ट्रायल पास हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने