कैलाली, माघ १६ – धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आइतबार ठूलो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कैलाली, माघ १६ – धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आइतबार ठूलो प"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीबाट ९५ किलो चरेस बरामद

१६ माघ २०७३, आईतवार १४:५०

कैलाली, माघ १६ – धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आइतबार ठूलो परिमाणमा चरेस बरामद गरेको छ । 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले पच्चीस घर भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको ९५ किलो चरेस बरामद गरेको हो । 

प्रहरीको लागू औषध ओसारपोसार तथा बिक्री वितरण नियन्त्रण अप्रेसन अन्तर्गत गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले निज सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । 

क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको नेतृत्वमा गएको टोलीले चरेस बरामद गरेको हो । प्रहरीले चरेस भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि पक्राउ गरेको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन