माघ १७, काठमाडौं | मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौं | मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बा"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्सेनि आउँछन् हजार ‘बाकस’ (कुन देशबाट कति ?)

१७ माघ २०७३, सोमबार ०२:४६

माघ १७, काठमाडौं | मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बाटो थिएन । मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए । त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरूलाई पर्खिबसेका आफन्तको मन चिसो भयो । भन्दै थिए, ‘कफिन त अर्कै बाटो लैजाने व्यवस्था भइदिए पनि हुन्थ्योनि ।’

एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्याउन ढोका छेउमै तीनवटा एम्बुलेन्स थिए । मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरका थिए । पुनको हृदयाघातबाट मृत्यु भएको थियो । लालबहादुरको मृत्युको कारण खुलेको थिएन ।त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो । जसमा थिए, सोनाम तामाङ, शेख इजराइल, मोहम्मद अकुब नदफ्फा, आइडी मोहम्मद । मेडिकल रिपोर्टमा सोनामको श्वासप्रश्वास समस्याका कारण मृत्यु भएको उल्लेख छ । शेख, मोहम्मद र आइडीको भने काम गर्ने क्रममा खसेर घाइते भएपछि मृत्यु भएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकबाट यसरी शव आउनु सामान्य भइसकेको छ । ती देशहरूबाट मात्रै हरक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेको छ । विदेशस्थित नेपाली दूतावासहरूका अनुसार सन् २०१६ मा मध्यपूर्वका देश र मलेसियामा मात्रै ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् । जसमा ३८ जना महिला छन् । दूतावासहरूका अनुसार मलेसियामा ३ सय ९२, साउदी अरबमा २ सय २९, कतारमा १ सय ७६, संयुक्त अरब इमिरट्स (यूएई) मा ६६, कुवेतमा २५, दक्षिण कोरियामा २०, बहराइनमा ११, अफगानिस्तानमा १४, ओमनमा ७, इराकमा ५ जनाको मृत्यु भएको छ ।

इजरायल, लेबनान, इजिप्ट, सिरिया र साइप्रसमा एक÷एक नेपालीको ज्यान गएको छ । सबैभन्दा बढी मुटुजन्य रोग, हृदयाघात र उच्च रक्तचापबाट ५ सय जना, ट्राफिक दुर्घटनाबाट १ सय ७३, आत्महत्याबाट १ सय १३, कार्यक्षेत्रदुर्घटनामा ६२, विभिन्न जटिल रोगबाट ६७, नखुलेकोबाट १८, हत्याबाट १७ र बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट