माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले "/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९३ प्रतिशत भूकम्पपीडितलाई अनुदान

२०७३, १८ माघ मंगलवार ११:४९

माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो ।

प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 

सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताए । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ