माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले "/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९३ प्रतिशत भूकम्पपीडितलाई अनुदान

१८ माघ २०७३, मंगलवार ११:४९

माघ १८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो ।

प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 

सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताए । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन