१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नैतिक पतनको कसुरमा सजाय पाए चुनाव लड्न नपाउने

२० माघ २०७३, बिहीबार ०२:२४

माघ २०, काठमाडौं । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ । 

दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो । राज्य व्यवस्था समितिबाट पारित भई बुधबार संसद्मा पेश भएको स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकको प्रतिवेदन अनुसार जातीय भेदभाव, छुवाछुत र बोक्सीसम्वन्धी कसुरमा सजाय पाएको व्यक्ति समेत सजाय भुक्तान गरेको तीन वर्षसम्म उम्मेद्वार हुन पाउदैन । 

बहुबिवाह कसुर प्रमाणित भएका व्यक्तिसमेत सजाय भुक्तान गरेको तीन वर्षसम्म स्थानीय निर्वाचनमा उम्मेद्वार हुन पाउनेछैनन् । संगठित अपराधमा सजाय पाएका व्यक्ति पनि उम्मेद्वार हुन रोक लागेको छ। कर्तव्य ज्यान कसुरमा २० भन्दा कम सजाय पाई कैद भुक्तान गरेको ६ वर्ष पूरा नभएको व्यक्ति पनि अबको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने छैनन् ।

राज्य व्यवस्था समितिले पारित गरी संसद्मा पेश गरेको विधेयकको दफा १३(च) मा रहेको उम्मेद्वारको अयोग्यतासम्वन्धी व्यवस्थाअनुसार जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपासार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग अपहरणसम्वन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न पाउनेछैन ।

प्रचलित कानुनले कसुर मान्ने अन्य कुनै पनि अपराधमा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई फैसला अन्तिम भएको अवस्थाका व्यक्ति पनि निर्वाचनमा उम्मेद्वार बन्न पाउनेछैनन्। यस्तै, संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेद्वारी दिन पाउने छैनन् । 

तर, ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाई सजाय भुक्तान गरेको ६ वर्ष पूरा भएपछि भने त्यस्ता व्यक्तिले निर्वाचनमा उम्मेद्वारी दिन सक्नेछन् । जातीय भेदभाव, छुवाछूत, बोक्सी, र बहुविवाह जस्ता आरोपमा कसुर प्रमाणित भई सजाय पूरा गरेको तीन बर्षपछि भने उम्मेद्वार बन्न पाउने व्यवस्थामा सहमति भएको छ। निर्वाचन कसुरसम्वन्धी संघीय कानुन अनुसार कारवाहीमा परेका व्यक्ति त्यस्तो कारवाही भुक्तान गरेको दुई बर्षपछि उम्मेद्वार बन्न सक्छन् । भवितव्यमा परी ज्यान सम्वन्धी अपराधमा सजाय पाएका व्यक्तिको हकमा भने कसुर अनुसार कैद भुक्तान गरेको तीन बर्षपछि निर्वाचनमा उम्मेद्वार बन्न पाउने व्यवस्था कानुनमा हुने भएको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल