विनिता हमाल ठकुरी
एउटै थियो गन्तव्य त बाटो फरक भयो
एउटै थियो टेक्ने धर्ती माटो फरक भयो ।।
मायाले मन रेट्दो रैछ घायल बनाएर
बिछोडको घाउ मन भरी छ खाटो फरक भयो
तिमी मेरो हैन रैछौ म पनि त अर्कैकी थिए
तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो ।।
– पोखरा