Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रक दुर्घटनामा चालकसहित तीनको मृत्यु, एकजना घाइते

By kit 2 मिनेट पढाइ

फागुन ५, जुम्ला । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा बर्दिया मैनापोखरीका  ट्रक चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए ।

नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को ट्रक सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव स्वास्थ्य परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइने तयारी भइरहेको जिप्रका जुम्लाले जनाएको छ ।