टेक शाही/फागुन ५, डोल्पा । नयाँ शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान सफल पारौ भन्दै र्याली निकालियो । 

“हामी सबैको इच्छा निशुल्का अनिबार्य आध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ५, डोल्पा । नयाँ शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान सफल पारौ भन्दै र्याली निकालियो । 

“हामी सबैको इच्छा निशुल्का अनिबार्य आध"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दूनै बजारमा र्याली गर्दै बिद्यार्थिहरुले भने- बालबालिका भर्ना गराउँ’

५ फाल्गुन २०७३, बिहीबार ०९:३३


टेक शाही/फागुन ५, डोल्पा । नयाँ शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान सफल पारौ भन्दै र्याली निकालियो । 

“हामी सबैको इच्छा निशुल्का अनिबार्य आधारभुत शिक्षा” भन्ने राष्ट्रिय नारा र “भर्ना टिकाउ अनि गुणस्तरिय शिक्षा भर्ना अभियान सफल पार्ने डोल्पा बासिको इच्छा” भन्ने डोल्पा जिल्लाको आफनै नारा सहति सायौँको सँख्यामा रहेका बिद्यार्थिले भर्ना आभियान सफल पार्न भन्दै र्याली गरेका थिए । 

नयाँ शैक्षिक सत्र सुरु भए सँगै डोल्पा सदरमुकाममा रहेका ५ वटा बिद्यालयका बिद्यार्थिहरुले शिक्षकहरुको अगुवाइमा दुनैको बजारमा र्याली गरेका हुन । सरस्वती माध्यामिक बिद्यालय,बाल मन्दीर प्राथमिक बिद्यलाय,ध्रुवतारा प्राथमिक बिद्यालय,दुनै बोर्डिगँ स्कुल र लर्ड बुद्ध ईगँलिस बोर्डिगँ स्कुलका सयौ बिद्यार्थिहरु र सो बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा भर्ना अभियान सम्बन्धी जनचेतनामूलक र्याली गरेको शिक्षकहरुले बताएका छन । 


जिल्ला शिक्षा कार्यालयको आयोजनामा तय गरेको भर्ना अभियान सम्बन्धी र्यालीमा सदरमुकाम भित्र रहेका पाच वटा बिदालयले सहभागिता जनाएका हुन । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पहलो साता भर्ना अभियान र दोस्रो साता देखि शिक्षक,बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारिहरुले घरदैलो अभियान गर्ने र तेस्रो साता देखि बिद्यालयमा नियमित रुपमा पठनपाठन गराउनु पर्ने जिल्ला शिक्षा कार्यालय डोल्पाले निर्देशन दिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिँहराज डाँगिले जानकारि दिनु भयो । 

डोल्पा जिल्लाका ६ वटा स्रोत केन्द्र मध्य पाच वटा स्रोत केन्द्र अन्तरगतका सबै बिद्यालयमा भर्ना अभियानको साथै पठनपाठन सूरु भएको छ । हामीले सबैले स्रोत केन्द्रमा प्रधानाध्यापकहरुको बैठक गराइ बिद्यालयमा पढाइ सूचारु गर्न निर्देशन दिएको डाँगिले बताउनु भयो । तर तल्लो डोल्पा अन्तरगत कालिका स्रोत केन्द्रको बैठक नँबसेको र धेरै जसो बिद्यालयमा शिक्षक अझै पनि बिद्यालयमा उपस्थित नँभएको भन्दै अभिभाबकले गनासो गरेका छन ।


शैक्षिक सत्रको सूरु भएर पहिलो साता बित्न लागी सक्दा पनि डोल्पा जिल्लामा पाठ्य पूस्तक पुगेका भने छैनन । स्थानिय बिक्रेताहरुको आन्तरिक भागबण्डाको कारण जनक शिक्षा सामाग्रिको नेपालगञ्ज गोदामा थन्कीएका छन ।

तर यता जिल्ला शिक्षा कार्यालयले गोदाबाट कक्षा ६ देखि १० सम्मका सबै पाठ्यपूस्तक ढुवानी भएको र केहि दिनमा डोल्पा पुग्ने बताएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपूस्तक भने अझै कता छन भन्ने कुराको जानकारि छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने