टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 

2026-10-29 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न ६ लाखको घेराबार भत्काइयो


टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 

जिल्ला बिकास समिति डोल्पा मार्फत आर्थिक बर्ष ०७२/०७३ मा कुल ६ लाख लागतमा दुनै भ्याली क्लबले निमार्ण गरेको खेलकुद मैदान घेराबार घोडादौड प्रतियोगिता गर्ने भन्दै आज सबै घेराबार भत्काइएको हो । 

प्रजतन्त्र दिवस मनाउनको लागि जिल्ला बिकास समिति डोल्पाले सर्वदलिय बैठक बोलाए पछि जिल्लाको सर्वदलिय बैठकले खेलकुद मैदानको घेराबार भत्काएर घोडादौड प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला बिकास समितिले जानकारि दिएको छ । 

जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबसँग कुनै पनि छलफल नँगरि जिल्लाको सर्वदलिए बैठकले बिकासको साटो बिनास गरेको भन्दै जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबले असन्तुष्टि जनाएका छन । 

खेलकुद मैदान भत्काएर घोडादौड प्रतियोगिता गर्ने निर्णय परिवर्तन गर्न भन्दै जिल्ला बिकास समितिको कार्यालय डोल्पामा घेराबार निमार्ण उपभोक्ता समिति र दुनै भ्याली क्लबले निबेदन दर्ता गराएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बताउनु भयो । 

जिल्लाको खेलको बिकासका लागि निर्माण प्रकृयामा रहेको एक मात्र खेल मैदानमा राजनितिक दलले निमार्ण भएको सँरचना पनि भत्काए पछि बिकास बिरोधि काम गरेका भन्दै दुनै भ्याली क्लबका युवाहरु उपभोक्ता समितिका पदाधिकारिहरुले अक्रोस पोखेका छन । 

सर्वदलिय बैठकमा बाहिरि जनशक्ति नापुगेको खण्डमा नेपाली सेना र नेपाल प्रहरिका जवानले निमार्ण गर्ने सहमति भएको र निमार्ण हुनेमा ढुक्क रहन निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताउनु भयो । सरकारी जग्गा भएकै कारण जिल्ला बिकास समितिको नै रहेको र हाल घोडादौडको लागि भत्काइएको घेराबार पनि जिल्ला बिकास समितिले नै निमार्ण गर्ने भएकोले अलपत्र नहुने पनि बुढाले बताउनु भयो ।

 सर्बदलिए बैठकले निर्णय गरेको र निमार्ण पनि गर्ने सर्तमा नर बहादुर बुढाको सँयोजकत्वमा घोडादौड प्रतियोगितको आयोजना गरिएको जिल्लाका राजनितिक दलको भनाइ छ । डोल्पामा हरेक बर्ष घोडादौड प्रतियोगिता गरेको र यस्लाइ निरन्तरता दिनको लागि खेलकुद मैदानको घेराबार भत्काएर पुन निमार्ण गर्ने गरि सहहमतिमा सर्वदलिय निर्णय गरेको नपाली काँग्रेस डोल्पाका प्रतिनिधि गौरिसँकर उपाध्यायले जानकारि दिनु भयो ।  

सबै घेरावार भत्काउने र फेरि जिल्ला बिकास समितिले २५ हजार रुपैयमा मर्मत गर्नको लागि आर्थिक सहयोग गर्ने सहमतिमा घेराबार सबै भत्काइएको हो जिल्ला खेलकुद बिकास समितिका पदाधिकारि र घराबार निमार्ण उपभोक्ता समितिका साथै दुनै भ्याली क्लबका पदाधिकारिहरुसँग बसेर सहमतिमा जान आफु तयार रहेको पनि उपाध्यायले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने