फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन स"/>
2026-06-27 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन सक्छ: अाेली

फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन सक्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाकाे एकता महाधिवेशनमा शुभकामना दिदै उहाँले राष्ट्रियताको पक्षमा स्पष्ट भएर आउन पार्टीलाई अाग्रह गर्नुभयाे ।

अाेलीले भन्नुभयाे- "मैले नयाँ शक्ति नेपालकाे सभामा यहि भनेको थिए तर उनीहरूकाे नीति नै गलत भयाे ।"

दुई पार्टीको एकताले एउटा बलियाे नयाँ शक्ति बन्ने भएकाले जनताकाे भावना विपरीत हुने गतिविधिमा संलग्न नहुन राप्रपालाई अाह्वान गर्नुभयाे । अध्यक्ष अाेलीले राष्ट्रियताकाे पक्षमा कुनै द्विविधा नराखि राष्ट्रिय एकता, लाेकतन्त्रका पक्षमा उभिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे ।

अाफ्नाे सरकारका पालामा राप्रपाले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउदै साे समयमा गरेका कार्यलाई राप्रपाकाे इतिहासमा गाैरवपुर्ण इतिहास ठानेर स्वर्ण अक्षरले लेख्न अाग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे- "इतिहासलाई सम्मान गर्नुपर्छ तर पृथ्वीनारायण शाहले राम्राे गरे भन्दैमा उनका सन्तती कहाँ पुगिसके,उनीहरू सबैलाई सम्मान गर्न सकिन्न ।" उहाँको आशय लाेकतन्त्र अाईसकेकाले अब राजतन्त्रकाे एजेन्डा त्याग्नु भन्ने थियाे ।

मञ्चमा रहेका काङ्ग्रेस सभापति देउवालाई निशाना लगाउदै अाेलीले भन्नुभयाे- महाअभियोग प्रस्ताव आउँछ, भोट हालौं कि नहालौ, संविधान संशोधन दर्ता गर्ने कि नगर्ने  अन्याैल भएर निर्णय गर्न नसक्ने, एजेन्डाविहिन यस्तो पनि पार्टी हुन्छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना