प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाका"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगै लगिने: प्रधानमन्त्री दाहाल

६ फाल्गुन २०७३, शुक्रबार १५:२१

प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाकाे एकता सभामा शुभकामना दिदै दाहालले सबैलाई सहमतिमा ल्याएर चाडै मिति घाेषणा गरिने बताउनुभयाे । उहाँले भन्नुभयाे- "संविधान जारी गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री सुशील काेइराला, एमाले अध्यक्ष अाेली र अाफ्नाे दलले असन्तुष्ट पक्षलाई समेट्न संशोधनको प्रतिवद्धता जनाएको भन्दै त्यस अनुसार नै सरकारले प्रस्ताव ल्याएको हाे । "

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले संविधान संशोधनमा सहयोग गर्न राप्रपालाइ अाग्रह गर्नुभयाे । दाहालले भन्नुभयाे – "म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर, तपाँइहरुसँग सैद्धान्तिक मतभेद छ, तर राप्रपा भनेपछि कता कता नजिक नजिक जस्तो लाग्छ। मिलौँ मिलौँ लाग्छ, कता हो कता भावनाले छुन्छ। टाढा नजानुहोला।"

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अाेली बिच शुभकाकना मन्तव्यकाे क्रममा नै दाेहाेरी चलेकाे छ। राप्रपाको सबैभन्दा धेरै भोट झापामा आएको स्मरण गराउदै देउवाले भन्नुभयाे -अाेली जी होस गरे हुन्छ ।

केही समय अगाडि ओलीले महाभियोग र संविधान संशोधनका विषयमा स्पष्ट हुन नसकेकाले राप्रपाले स्पष्ट नीति लिए अरूलाई धक्का दिने बताएका थिए । देउवाले सबैकाे माग सम्बाेधन गरेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयाे । एउटै मञ्चमा बसेपनि देउवा र अाेली खुलेर वार्तालाप गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश