टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ । 

प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ । 

प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडा"/>

2026-09-03 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

प्रजातन्त्र दिवसमा कुर्सि खेल देखि घोडादौड प्रतियोगितासम्म (फोटोफिचर)


टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ । 

प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडादौड प्रतियोगिताको आयोजना गरि मनाइएको हो । हरेक बर्ष जस्तै यस बर्ष पनि घोडादौड प्रतियोगितको आयोजना गरिएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

म्यूजिक चियर अर्थात कुर्सि खेलमा २४ जनाले सहभागिता जनाएका थिए भने जस मध्य दिलु केसि प्रथम, रेवति न्यौपाने दृतिय र मनकोइला बुढा तृतिय भएर बिजेता बन्नु भयो । उहाँहरुलाइ क्रमशः नगद ३ हजार २ हजार र १ हजार प्रदान गरिएको सँयोजक सम्झना अधिकारिले जानकारि दिनु भयो । 

त्यसै गरि दोहोरी प्रतियोगितामा डोल्पाली टिम,कर्मचारि टिम र महिला टिम गरि ३ टिमले सहभागिता जनाएकोमा सुरेश शाहीको टिम प्रथम भइ नगद ७ हजार र बिमला बुढाको महिला टिम दृतिय भइ ५ हजार नगद प्रदान गरिएको दोहोरि तथा खुर्सि खेल सँयोजक सम्झना अधिकारीले बताउनु भयो। 

त्यसै गरि कम्तीमा पनि ३ हजारको हाराहारीको सँख्यामा अबलोकन गरेको घोडादौड प्रतियोगितामा भने २० वटा घोडाले प्रतिसप्रर्धा गरेका थिए । २० वटा घोडा मध्य तिन चरणमा दौडाइएकोमा फाइनलमा ४ वटाले परस्कार हात पारेका छन । लिकु गाविस वडा नँ ७ मुहुका कर्ण बहादुर बुढाको घोडाले प्रथम स्थान हाँसिल गरि नगद रु २२ हजार हात पारेको छ । त्यसै गरि त्रिपूराकोट ७ रसिको चन्द्रमान महताराको घोडाले द्धृतिय स्थान हाँसिल गरि नगद रु १५ हजार हात पारको छ । 

अनि काईगाँउ गाविस वडा नँ ५ काईगाँउका हिमाल जि.सि.को घोडाले तृतिय स्थान हाँसिल गरि नगद रु १० हजार हात पार्यो भने त्रिपूराकोट गाविस वडा नँ ६ रुमका बिष्णु थापाको घोडाले सान्त्वणा स्थान हाँसल गरि नगद रु ५ हजार पुरस्कार हात पारको घोडादौड प्रतियोगिता सँयोजक नर बहादुर बुढाले जानकारि दिनु भयो । 

घोडादौड प्रतियोगिताको लागि २० वटा घोडाले दौडका लागि दर्ता गराएका थिए । प्रति घोडा १ हजार नगद शुल्क लिएर दौडाको लागि नाम दर्ता गरिएको थियो । घोडा दौडकै क्रममा पाहाडा ९ का एक जना लडेर घाइते भएका छन । उनको टाउकोमा चोट लागेपछि जिल्ला अस्पतालको आकास्मीक उपचार टोलीले उपचार गरेको तत्काल जिल्ला अस्पतालमा लगेर थप उपचार गारइएको र अनको अबस्था सामान्य रहेको जिल्ला अस्पतालले जानकारि दिएको छ । 

बिबादकै बिचमा सूरु भएको घोडादौड प्रतियोगिता हेर्नको लागि सदरमुकाममा ३ हजार भन्दा बढि मानिसको घुइचो लागेको थियो । ठुलो सँख्यामा एकै पटक मास आउने भएको कारण सुरक्षामा चुनौति रहेको र आजको कार्यक्रममा कुनै पनि अप्रिय घटनाहरु नँघटेको र सुरक्षा ब्यवस्था कडाइ गरिएकोले सबैले राम्रो सरक्षाको अनुभुति गरेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । घोडादौड प्रतियोगिताकै लागि ठुलो सँख्यामा प्रहरि परिचालन गरिएको थियो । 

यस बर्ष घेराबार भत्काएर भए पनि घोडादौड गरीए पनि आगामि बर्षमा अन्य कूनै बिकल्प लिएर प्रतियोगिता गनू पर्ने र यस बर्ष भत्काइएको घेराबार जिल्ला बिकास समिति डोल्पाको मार्फत आफनै जनशक्तिमा निमार्ण गर्ने सथानिय बिकास अधिकारि सागर मिश्रले प्रतिबद्धता जानाउनु भएको छ । ६७ औँ प्रजातन्त्र दिवस मनाउन सहयोग गरेकोमा सहयो्गि सबैलाइ धन्यबाद दिदै स्थानिय बिकास अधिकारिले कार्यक्रमको समापन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही