फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभ"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको वातावरण सिर्जना गर्न सहयोग गर्नुस: प्रधानमन्त्री

१० फाल्गुन २०७३, मंगलवार ०७:५४


फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ । 

दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ आज अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान दिन जोड दिनुभयो । 

निर्वाचनको सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै उहाँले निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,“अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पु¥याएको छ । निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिकालगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन् ।” 

सञ्चारमाध्यमको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले गर्नुपर्ने मुख्य कामको विवरण दिन सञ्चारका अगुवालाई आग्रह गर्नुभयो । 

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगत्मा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक छ भन्नुभयो । 

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताउनुभयो । 

स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गर्नुभएको हो । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश