२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरी नाकाबन्दीको त्रास, राजधानीमा इन्धन लिनेको लाइन ह्वात्तै बढ्यो

२०७३, १० फाल्गुन मंगलवार १२:०३


फागुन १०, काठमाडौं | उपत्यकामा इन्धन लिनेको लाइन ह्वात्तै बढेको छ । अधिकांश पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन छ । 

पेट्रोल अभावका कारण पम्पमा उपभोक्ताको लाइन बढेको बताइए पनि आयल निगमले प्रयाप्त इन्धन भएको बताएको छ । धेरैजसो पेट्रोल पम्पहरुमा सोमबारदेखिनै लामो लाइन लगाएरै भए पनि पेट्रोल वितरण गरिरहेका छन् । कतिपय पेट्रोल पम्पमा भने ‘पेट्रोल छैन’ भन्ने सूचना समेत टाँसिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले आन्दोलन गरेकै कारण इन्धन अभाव भएकोले इन्धन लिनेको लाइन बसेको बताइए पनि निर्वाचन घोषणापछी मधेसमा नाकाबन्दीको हल्ला र त्रासको कारण लाइन बढेको हो । कतिपय सर्वसाधारणले तत्काल इधन अभाव नभएपनि आफ्ना सवारी साधनहरुले समेत इन्धन जोगाउनको लागि भएको तेल पनि सुरक्षित राखेर पेट्रोलको लाइनमा बस्न आएका छन् । 

सेवा सुविधा लगायतका मागसहित पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले शुक्रबारदेखि ढुवानी अवरुद्ध गरेपछी त्यसको तत्काल असर राजधानीमा परेको हो । यता नाकाबन्दीको हल्लाको भरमै पनि उपभोक्ताहरु लाइनमा बस्न पुगेका छन् जसको कारण अधिकांश पेट्रोलपम्पहरुमा सर्वसाधारणको लाइन लागेको छ । 


पेट्रोलियम पदार्थ ढुवानी नियमावली २०७३ को संशोधनले बढी तेल चोरिएको पाइए बजार मूल्यभन्दा दोब्बर मूल्य तिराउने व्यवस्था गरेपछि त्यस्तो व्यवस्था खारेजीका लागि व्यवसायीहरु आन्दोलित भएका छन् । यसरी सोझै लुट्न पाउनुपर्छ भन्ने आन्दोलनको कार्यक्रमलाई सरकारले टुलुटुलु हेरेको जानकारहरुको आरोप छ । सरकारले हालसम्म १२ हजार लिटरको ट्यांकरमा ०.०९ र २० हजार लिटरको ट्यांकरमा ०.१२ प्रतिशतसम्म तेल चोरी भए छूट दिँदै आएको थियो । र, मापदण्डभन्दा बढी चोरी भए बजार मूल्य बराबरकै रकम तिराउने गरेको थियो । तर, संशोधित नियमावलीमा उक्त मापदण्डभन्दा बढी तेल चोरी भएको पाइए बजार मूल्यभन्दा दोब्बर पैसा तिराउने नियम बनाएपछि त्यो खारेज हुनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका हुन्। 

अधिकारीहरुका नुसार अभाव हुने अनुमानकै आधारमा उपभोक्ताहरु लाइनमा बसेको बताइएको छ । सामाखुसीमा रहेको महालक्ष्मी प्रहरी पेट्रोल पम्पमा तेल भर्न आएका अधिकांस सर्वसाधारणले आफ्नो सवारी साधनले फूल ट्याङ्की पेट्रोल हालेका छन् । अरु बेलामा औशत ५ लिटर तेल हाल्ने गरिएकोमा आज प्रायले फुल ट्यांकी हालेको महालक्ष्मी प्रहरी पेट्रोल पम्पका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल