2026-09-09 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनुत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ। उनले सरकार संसद्‌प्रति जिम्मेवार हुने विषयमा सत्तारूढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुन जरुरी रहेको बताइन्। सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्तिभन्दा पनि प्रधानमन्त्री संस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै संसद्‌प्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन्।

बैठकमा बोल्दै उनले भनिन्, ‘संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ? यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसद्प्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’

उनले सबै राजनीतिक दलहरूसँग संवादमार्फत नागरिकका समस्या हल गर्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह