2026-10-19 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई

काठमाडौँ | श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्कराज राईले सभामुखसमक्ष प्रधामनमन्त्रीलाई ल्याउने र आफूलाई सदनबाट निकाल्ने विकल्पमा जान सुझाएका छन् । बुधबार संसद सुरु हुनेबित्तिकै राईले संसदमा प्रधानमन्त्रीलाई ल्याउने सभामुखले भूमिका नलेखेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

‘संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियम १५ को २ को अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्छ,’ उनले भने, ‘दुईमध्ये एक लागू गरिदिनुस् । प्रधानमन्त्री ल्याउने वा मलाई निकाल्दिने गर्नुस् । नत्र संसदको गरिमा कायम हुँदैन ।’

जवाफमा सभामुख डोलप्रसाद अर्यालले मंगलबारकै बैठकमा प्रधानमन्त्रीबारे जानकारी गराइसकेको दाबी गरे ।

‘हिजो उपस्थिति हुनु हुँदैन थियो । ध्यानाकर्षण भएर हिजो नै सभालाई जानकारी गराइसकेको थिएँ,’ हर्कलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘कसलाई रुलिङ गर्ने कसलाई नगर्ने, यसरी गर्नुस् भनेर सभामुखलाई भन्ने अभ्यास छैन । नेपालको संविधान, कानुन, ऐन, नियमावली सबैलाई हेर्दा यो छैन । सभामुखलाई उचित लागे निर्णय लिने सभामुखको जिम्मेवारी हो ।’

सभामुखले मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न रुलिङ गरेका थिएनन् । संसदमा आएर बोल्ने अभ्यास भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ