प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे "/>

२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे छ: स्वास्थमन्त्री थापा

२०७३, १० फाल्गुन मंगलवार १२:२०


प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले निर्वाचन देशकाे अावश्यकता भएकाेले मिति घाेषणा गरिएकाे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे -"स्ववियु निर्वाचन क्याम्पससँग मात्र जाेडिएकाे छैन याे स्थानीय चुनावसँग जाेडिएकाे छ, स्थानीय चुनाव देश र राष्ट्रिय चुनावसँग जाेडिएकाे छ ।"

पछिल्लाे समय भाषणबाट मानिसलाई उत्तेजना ल्याउन सजिलाे भएकाे बताउदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भन्नुभयाे – "पहाड र तराईमा कसरी ताली बज्छ सबै थाहा छ तर राष्ट्रप्रति बफादार हुनुपर्छ । अहिले मधेशमा गएर सबै पहाडि शाेषक र दलाल हुन् भने ताली बज्ने, पहाडमा बसेर तराईमा बस्ने मधेशी धाेति भारतका दलाल हुन्,विखण्डनकारी हुन् भने ताली बज्ने गरेकाे छ ।"

उहाँले अाफू वि.स. २०८८ भन्दा पछाडि राजनीतिमा सक्रिय नरहने यस अगाडिकाे घाेषणा पुन दाेहाेर्याउनु भयाे । उहाँले भन्नुभयाे – "अहिलेकाे युवा अवस्थामा पनि केही गर्न सकिएन भने याे १५ बर्षपछि नेपालकाे विकास हुन सक्दैन, त्यसैले सक्रिय हुनुकाे अर्थ छैन ।"

काङ्ग्रेस नेता थापाले त्रिचन्द्र कलेजमा अध्ययन गर्दाका अनुभव समेत साट्नुभएकाे छ । उहाँले त्रिचन्द्र कलेज सार्ने अभियान दरबारियाले चलाउँदा अाफ्नाे नेतृत्वमा साेहि समयमा दरवार पहिले सार्ने चेतावनी दिएकाे कुरा स्मरण गराउनुभयाे । थापाले नेविसंघकाे लामाे विरासत कायम राख्न र क्याम्पसकाे शैक्षिक विकास गर्न सक्षम नेतृत्व छनाैट गर्न अाग्रह गर्नुभयाे। नेविसंघलाई मत दिने भनेकाे अब नेपाललाई कुन दिशातर्फ लैजाने भन्ने अाधार हुने धारणा राख्नुभयाे।

कार्यक्रममा नेविसंघ केन्दिय समितिका सभापति लगाएतका अन्य नेताहरूले शैक्षिक अान्दोलनमा महत्त्वपूर्ण भुमिका खेल्दै अाएकाे नेविसंघलाई जिताउनु अहिलेकाे अावश्यकता रहेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला