९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्यांकरचालकको धम्कीले पेट्रोल पम्पमा अनावश्यक लाइन

१२ फाल्गुन २०७३, बिहीबार ०१:३१

फागुन १२, काठमाडौँ | ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ ।

 ट्यांकरचालकहरूले १५ बुँदे माग राखेको र पूरा गर्न डेढ महिनादेखि प्रयास गरे पनि सफल नभएपछि हडतालको कार्यक्रम ल्याउनुपरेको जिकिर गरे । उनीहरूले मुख्य रूपमा दुईवटा मुद्दा उठाइरहेका छन् ।

आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा तापक्रम नोक्सानीबापत ५० लिटर चुहावट हुने लक्ष्य निर्धारण गरेको छ । तर, सोभन्दा धेरै बढी तेल चुहावट हुन थालेपछि निगम सञ्चालक समितिले केही समयअघि २० हजार लिटरको ट्यांकरबाट दुई सय लिटरभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवानाबापत असुल्ने नियम बनाएको थियो । चालकले सो नियम खारेज गर्न माग राखेका छन् ।

त्यस्तै, एक व्यक्तिले एउटा ट्यांकर खरिद गरेर पनि चलाउन पाउने प्रावधानलाई हटाएर आयल निगम सञ्चालक समितिले ट्यांकर व्यवसायी हुन कम्तीमा पाँच ट्यांकर हुनुपर्ने प्रावधान बनाएको छ । यस्तो नियमले थोरै व्यवसायीसँग धेरै ट्यांकर हुने र भाडामा लगाउन सजिलो हुने सञ्चालक समितिका एक सदस्यले बताए । तर, ट्यांकरचालकहरूले एउटै ट्यांकर किनेर चलाउन पाउनुपर्ने माग राख्दै आएका छन् । ट्यांकरचालक आफैँले ट्यांकर किनेर व्यवसायी बन्ने प्रचलन पछिल्लो समयमा बढेको छ ।

ढुवानी व्यवसायीको साथ

मुलुकभर इन्धन ढुवानी गर्ने करिब १५ हजार ट्यांकर छन् । ती ट्यांकर चलाउने चालक र सहचालक ढुवानी व्यवसायीले नियुक्त गरेका छन् । निगमसँग इन्धन ओसार्न ट्यांकर भाडामा लगाएका व्यवसायीले चालकबाट ढुवानीमा अवरोध हुँदा टुलुटुलु हेरेर बसेका छन् । उनीहरूले चालकलाई तेल ओसार्नका लागि कडाइ गर्न सकेका छैनन् । इन्धन ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले चालकको माग सरकारसँग भएकाले मौन बस्नुपरेको बताए ।

‘चालकले अहिले हामीसँग सरोकार नै नभएको विषयमा सरकारसँग माग राखेका छन्, त्यसैले हामी केही बोल्न सक्ने अवस्थामा छैनौँ,’ उनले भने । उनले चालकको हडतालमा समर्थन नगरेको जिकिर गर्दै भने, ‘चालकलाई हामीले काम लगाउने हो । हडताल नगर भनेर सम्झाउने काम गरेका छौँ ।’

निगम निरीह बन्दाको प्रतिफल

ट्यांकरचालकले गत शुक्रबार एक दिन ढुवानीमा अवरोध गर्दा काठमाडौं उपत्यकामा अहिलेसम्म इन्धन वितरण सहज भएको छैन । हडतालको हल्लाले उपभोक्ता बढी इन्धन सञ्चित गर्नतर्फ लागेका छन् । अत्यावश्यकीय वस्तुमा सूचीकृत पेट्रोलिमय पदार्थको ढुवानीमा अवरोध गर्ने चालकलाई कारबाही गर्नुको सट्टा निगम भने वार्ताको नाममा आलटाल गर्दै आएको छ ।

आयल निगमका प्रवक्ता भानु खनालले कारबाही गर्ने अधिकार भए पनि बजारमा चरम अभाव हुन नदिन छलफलका माध्यमबाट समस्या समाधान गर्नतिर लागेको बताए । ‘हामीले ढुवानीमा अवरोध गर्नेलाई कारबाही गर्न खोज्दा चालक झन् बढी उत्तेजित हुन सक्छन् र देशैभर इन्धन ढुवानी नगरी बस्न सक्छन्,’ उनले भने, ‘त्यस्तो अवस्था आउन नदिन छलफलका माध्यमबाट निकास खोज्न लागिएको हो ।’

राजनीतिक दलका भ्रातृसंगठन हडतालमा

इन्धन आपूर्ति प्रभावित पार्ने गरी एमाले समर्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हडतालको नेतृत्व लिएको छ । उसलाई अन्य पार्टीनिकट संगठनले साथ दिएका छन् । ‘एमाले मजदुर संगठन जिफन्टका नेताबाटै चालकहरू हडतालमा परिचालन भएका छन्,’ स्रोतले भन्यो ।

बढी इन्धन वितरण गरेको दाबी

निगमले शुक्रबार हडतालका कारण थानकोट डिपोबाट उपत्यकामा इन्धन वितरण नभएपछि शनिबार दुई लाख लिटर पेट्रोल वितरण भएको जनाएको छ । आइतबार आठ लाख लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल वितरण भएको निगमले जनाएको छ । सोमबार पेट्रोल आठ लाख २५ हजार लिटर पेट्रोल वितरण भएको थियो । ‘मंगलबार पेट्रोल आठ लाख ७५ हजार र डिजेल पाँच लाख आठ हजार लिटर वितरण भएको थियो,’ प्रवक्ता खनालले भने, ‘बुधबार पेट्रोल पाँच लाख १५ हजार र डिजेल पाँच लाख ९४ हजार लिटर वितरण भएको छ ।’ सामान्य अवधिमा पेट्रोल चार लाख लिटर र डिजेल पाँच लाख लिटर खपत हुने गर्छ ।

आज वार्ता, एक महिना कुर्न आग्रह गरिने

ट्यांकरचालक र ढुवानी व्यवसायीसँग आज (बिहीबार) आयल निगमले छलफल गर्दै छ । चालकले १५ फागुनसम्म माग पूरा नभए हडताल गर्ने चेतावनी दिएका छन् । आवश्यक अध्ययन गरेर उनीहरूको माग सम्बोधन गर्न एक महिना लाग्ने र सो अवधिसम्म ढुवानीमा अवरोध नगर्न आग्रह गरिने प्रवक्ता खनालले बताए । ‘विनियमावली सञ्चालक समितिले संशोधन गरेको हो, त्यसैले चालकको मागअनुसार आवश्यक संशोधन गर्न पुनः सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ,’ खनालले भने, ‘त्यसका लागि केही समय लाग्ने भएकाले चालक र ढुवानी व्यवसायीलाई एक महिनासम्म अवरोधका कार्यक्रम नराख्न अनुरोध गर्दै छौँ ।’

ट्यांकर संख्यामा निगम लचिलो

चालकहरूले एक व्यक्तिले एक ट्यांकर किनेर चलाउन पाउनुपर्ने राखेपछि निगम व्यवस्थापनले एउटा व्यक्तिसँग कम्तीमा तीनवटा ट्यांकर हुनुपर्ने व्यवस्था राख्ने तयारी गरेको छ । चालकले समर्थन जनाए सञ्चालक समितिमा निगम व्यवस्थापनले उक्त प्रस्ताव लैजाने तयारी गरेको छ । सञ्चालक समितिले व्यक्तिपिच्छे ट्यांकर हुँदा व्यवसायी धेरै भएको र काम गर्न अप्ठेरो भएको भन्दै थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिन सजिलो हुने गरी विनियमावली संशोधन गरेको थियो ।

 ‘इन्धन ठग्नेलाई छाड्न मिल्दैन’

नेपाल आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा दुई सय लिटर वा सोभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर बढी जरिवाना तिराउने विनियमावली बनाएको छ । तेल चोरी नियन्त्रणका लागि कडा विनियमावली बनाइएको आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले बताए ।

ट्यांकरचालकले सो नियम हटाउनुपर्ने माग राख्दै हडतालको चेतावनी दिएका छन् । श्रेष्ठले तेल ठग्न पाउने माग राख्दै हडतालको चेतावनी आएको बताउँदै नियम परिवर्तन नहुने बताए । उनले तेल चोरीमा संलग्न हुनेलाई छाड्न नसकिने बताए । ‘तेल चोरेर खान पल्केकालाई छाडिन्न,’ उनले भने । उनले हडतालै गरेर इन्धनमा ढुवानी गरे भारतबाट ट्यांकर ल्याएर भए पनि आपूर्ति गर्ने चेतावनी दिए । ‘भारतका ट्यांकरबाट तेल ओसारेर भए पनि देशभर आपूर्ति गरिन्छ, तर तेल चोर्न पाऊँ भन्नेसँग कमजोर भएर प्रस्तुत हुने कुरा आउँदैन,’ उनले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु