2026-07-04 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली

काठमाडौं | नेकपा एमालेले काठमाडौं महानगरपालिकाद्वारा जारी गरिएको १ लाख रुपैयाँ जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ। आइतबार महानगरपालिकाको टोलीले पत्र लिएर पार्टी कार्यालय च्यासल पुगे पनि एमालेले पत्र दर्ता गर्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको हो।

महानगर प्रहरी इन्स्पेक्टर किशोर भट्टराईका अनुसार पार्टी प्रतिनिधिहरूले पत्र हेरेर पढे पनि दर्ता गर्न मान्न अस्वीकार गरे। “पत्र बुझ्न मान्नु भएन, त्यसैले हामी पत्र लिएर फर्किएका छौँ,” इन्स्पेक्टर भट्टराईले जानकारी दिए।

मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा एमालेले आयोजना गरेको जागरण सभामा सडक र पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ अनुसार जरिवाना गरिएको बताएको छ।

तर, एमालेका प्रतिनिधिहरूले उक्त कार्यक्रम काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भन्दै जरिवानाको पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन नमिल्ने बताएका छन्।

एमाले नेताहरूले मेयर बालेन शाहलाई जरिवानाको निर्णयमार्फत “स्टन्ट” गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।

महानगरपालिकाले अब जरिवानाको पत्र काठमाडौं जिल्ला कमिटीमा बुझाउने वा अन्य कदम चाल्नेबारे निर्णय गर्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै