फागुन १२, काठमाडौँ | सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यका लगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौँ | सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यका लगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ हुने धेरैको अनुमान असफल, अब वर्षभरि नै आपूर्ति सुनिश्चित

२०७३, १२ फाल्गुन बिहीबार ०१:३९

फागुन १२, काठमाडौँ | सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यका लगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको छ। ‘सबैभन्दा कम उत्पादन हुने यही महिना (फागुन) हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका दिनमा विद्युत् आपूर्तिमा अप्ठ्यारो छैन, वैशाखपछि त उद्योगहरूको लोडसेडिङ पनि कटौती हुनेछ।’

प्राधिकरणले आफ्ना नदी प्रवाही विद्युत्गृहबाट तीन सय मेगावाट मात्र उत्पादन गरेको र जलाशययुक्त कुलेखानी (९२ मेगावाट) साँझ मात्र चलाएको उल्लेख गर्दै घिसिङले निजी क्षेत्र र भारतबाट आयात बिजुलीसमेत गरेर अत्यधिक बिजुली खपत हुने (पिक) मा नौ सय मेगावाट बिजुलीको व्यवस्थापन गरिएको बताए।

उनले कालीगण्डकी ‘ए’ लाई पिक समयमा १४४ मेगावाट नै उत्पादन गरेको र प्राधिकरणका अधिकांश विद्युत्गृहलाई साँझपख जडित क्षमतामा उत्पादन गरिएकाले सबैभन्दा सकसपूर्ण समय (साँझ) लोडसेडिङ गर्नु नपरेको जानकारी दिए।प्राधिकरणका विद्युत्गृह मर्मत–सम्भार गर्ने ढर्रामा आमूल परिवर्तन गरी मर्मतका समयमा पनि उत्पादन गरिरहेको घिसिङले उल्लेख गरे। उनले आफूले गरेको विद्युत् व्यवस्थापनलाई ‘आर्ट अफ अपरेसन’ को संज्ञा दिए। प्राधिकरणले हिउँदमा मर्मत गर्ने बेला पूरै विद्युत्गृह बन्द गर्दै आएको थियो।

‘एउटा युनिट मर्मत गरेर अर्काे युनिट चलाइरहेका छौं,’ उनले भने। ‘अर्काे वर्षको सुख्खायाम धेरै सुविधाजनक छ, किनभने धेरै लचकता भइसकेको छ। हामीले माग व्यवस्थापनअन्तर्गत पिक लोडलाई स्थिर मात्र राख्न सक्यौं भने त्यो ठूलो उपलब्धि हुन्छ। पिक लोडलाई स्थिर राख्न हामी बृहत् रूपमा माग व्यवस्थापन गर्नेछौं, अर्काे वर्षका लागि,’ उनले भने।आगामी वर्षका लागि निजी क्षेत्रले दुई सय मेगावाट उत्पादन गर्ने र प्राधिकरणको चमेलिया (३० मेगावाट) र कुलेखानी तेस्रो (१४ मेगावाट) पनि निर्माण सम्पन्न हुने भएकाले अझ बढी सुविधाजनक अवस्था रहेको घिसिङले बताए। ‘चमेलिया आएपछि सुदूरपश्चिमको लोडसेडिङ अन्त्य हुनेछ,’ उनले भने। विद्युत् आपूर्ति सुनिश्चित हुँदै गइरहेकाले आगामी दिनमा काठमाडौं उपत्यकामा दुई हजार मेगावाटको वितरण प्रणाली विकास गर्न लागिएको जानकारीसमेत उनले दिए।

घिसिङले अहिले काठमाडौं उपत्यकाको वितरण प्रणाली ४ सय मेगावाट क्षमताको र माग ३ सय ५० मेगावाट रहेको जानकारी दिए। हाल देशभर करिब १६ सय मेगावाटको वितरण प्रणाली छ। सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य उपत्यकामा न्यूनतम दुई हजारदेखि दुई हजार पाँच सय मेगावाटसम्मको वितरण प्रणाली हुनुपर्ने घिसिङको तर्क छ।

‘वितरण प्रणाली सुदृढ गरेपछि उपत्यकामा प्रतिव्यक्ति विद्युत् खपत वृद्धि हुने र आयातीत इन्धन विस्थापित हुनेछ’, उनले भने, ‘अबको हाम्रो लक्ष्य भनेको तत्काल उत्पादनमा आउन सक्ने विद्युत् आयोजनाका लागि बनिरहेका प्रसारण लाइनलाई जतिसक्दो छिटो पूरा गर्ने हो, त्यसपछि विद्युत् माग बढाउने।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लोडसेडिङ कम भएपछि उद्योगको उत्पादकत्व वृद्धि भएको बताए। लोडसेडिङ कम हुनुअघि उद्योगले प्रतियुनिट ३० रुपैयाँसम्म पर्ने डिजेल प्लान्ट सञ्चालन गर्न बाध्य भएको तर सबै उद्योगले डिजेलबाट बिजुली आपूर्ति गर्न नसकेको र यसले प्रतिस्पर्धी क्षमतामा उल्लेखनीय ह्रास आइरहेकोमा अहिले उद्योगहरूले धेरै राहत पाएको बताए। -अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला