फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।<"/>
2026-06-27 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको बुद्धि पलायो, अब संशोधन पारित हुन्छ: मन्सुर

2017-02-23

फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भने,‘पहिला एमाले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ ।’

उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे । उनले थपे,‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ ।’

उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए । उनले भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ ।’ उनले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताए ।

उनले दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने जिकिर गरे । मन्सुरले थपे,‘नेपाली काँग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याईएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो