२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अार.अार. क्याम्पसमा विद्यार्थी संख्याकाे विवाद टुंगियो, कुन तह कति मतदाता ?

२०७३, १३ फाल्गुन शुक्रबार ०३:४७

प्रज्वल पाैडेल । फागुन १३,काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनकाे लागि प्रकाशित रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंकाे मतदाता नामावलीकाे विवाद टुङ्गिएकाे छ ।

बिहिबार निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिकाे बैठक बसि स्नातकोत्तर र स्नातक तहका विद्यार्थीकाे नाम रूजुगरि अन्तिम मतदाता नामावली तयार पारिएकाे हाे । विद्यार्थी संगठनले प्रकाशित नामावलीमा त्रुटि रहेकाे भन्दै क्याम्पस प्रशासन र निर्वाचन समितिकाे कार्यालयमा लगाएकाे ताला विवाद टुङ्गिएसँगै खुलेकाे छ । त्रिभुवन विश्वविद्यालयकाे स्ववियु निर्वाचनमा रत्नराज्य लक्ष्मी क्याम्पसमा ३५८२ जनाले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएकाे छ ।

कुन तहमा कति विद्यार्थी ?

स्नातकोत्तर तह ( प्रथम र द्वितीय बर्ष)

नेपाली – ७४

अग्रेंजी – ६०३

अर्थशास्त्र -३०९

समाजशास्त्र ६७८

जनसंख्या – २८

पत्रकारिता ८२

जम्मा – १७७४

स्नातक तह ( प्रथम द्वितीय र तृतीय बर्ष)

प्रभातिय -११५९

दिवा – ४९४

सन्ध्याकालिन -१५५

जम्मा- १८०८

काे-काे बसे विद्यार्थी संगठनका प्रतिनिधि 

अनेरास्ववियु – एकराज कडेँल

नेविसंघ – उत्तम बहादुर साउद

अखिल (क्रान्तिकारी) – नरेश रेग्मी 

नयाँ शक्ति विद्यार्थी युनियन – अनिश पन्त 

समाजवादी विद्यार्थी फाेरम, नेपाल- प्रकाश चाम्लिङ 

अखिल (क्रान्तिकारी) – विपिन अधिकारी 

स्ववियुकाे निर्वाचन तालीका प्रकाशित भएसँगै विद्यार्थी संगठन अा-अाफ्नाे प्यानललाइ विजयी गराउन लागि परेका छन् । अहिलेसम्म अनेरास्ववियु, अखिल (क्रान्तिकारी) प्रचण्ड र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारकाे घाेषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ