फागुन १३, काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ । 
2026-06-27 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालको सेवा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: स्वास्थ्यमन्त्री

2017-02-24

फागुन १३, काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ । 

स्वास्थ्य मन्त्री थापाले आज काठामाडौँको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शय्याको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

अस्पतालका अध्यक्ष डा गिर्वाणराज तिमिल्सिनाले कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौँं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । “भविष्यमा यसलाई एसियाकै उत्कृष्ट ट्राभलर सेन्टर बनाउने उद्देश्य छ,” उहाँले भन्नुभयो । 

मुलुकमा विदेशी नागरिकका लागि मात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो । सो अस्पतालबाट बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा पाउनसक्ने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो