फागुन १३, काठमाडौँ । विप्लब नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी' निकट अखिल क्रान्तिकारीले तारकेश्वर नगरपालिकाको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १३, काठमाडौँ । विप्लब नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी' निकट अखिल क्रान्तिकारीले तारकेश्वर नगरपालिकाको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रामीण आदर्शमा क्रान्तिकारीबाट सभापतिमा सुमन तिमिल्सिनाको उम्मेदवारी घोषणा

२०७३, १४ फाल्गुन शनिबार ०२:२०


फागुन १३, काठमाडौँ । विप्लब नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी' निकट अखिल क्रान्तिकारीले तारकेश्वर नगरपालिकाको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सुमन तिमिल्सिनालाई सभापति पदको उम्मेदवार घोषणा गरेको छ ।

तनहुँ रिस्ती ४ बाहुन पोखरा घर भएका तिमिल्सिनाले ग्रामीण आदर्शबाट मास्टर गरेका छन् भने ल क्याम्पसबाट एलएल बी समेत गरिसकेका छन् । अहिले उनले ग्रामीण क्याम्पसमा सोसियोलोजीबाट मास्टर गरिरहेका छन्  । २०५७ साल देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय तिमिल्सिना अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा ग्रामीण आदर्श बहुमुखी क्याम्पसका अध्यक्षसमेत हुन् । उनि ग्रामीण आदर्श क्याम्पसका लोकप्रिय र स्थापित विद्यार्थी नेता हुन् । 

तिमिल्सिनाले चुनाबमा खासगरी माओबादी निकट सबै बिद्यार्थी संगठनहरुसंग तालमेल भैरहेकाले आफ्नो संगठनको जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले क्याम्पसमा देखिएका सबैखाले विकृति, बिसंगतीहरुको अन्त्य गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । 

पहिलेका स्ववियु जित्ने विद्यार्थी नेताहरुले स्ववियुलाई विद्यार्थी हक, हित र अधिकारको पक्षमा भन्दा पनि गुण्डा, ट्यापे र चुल्ठे मुन्द्रेहरुले लुटेर खाने भाँडो बनाउने गरेकाले स्ववियुलाई नै बदनाम गराएको आरोप लगाए । 

उनीहरुले क्याम्पसको स्तरोन्नति र विद्यार्थीहरुको पठन पाठनमा कुनै पनि उल्लेख्य काम नगरेकाले अखिल क्रान्तिकारीले शैक्षिक सुधार गरेर एउटा नमुना क्याम्पस बनाउने योजना अघि सारेको बताए । उनले अहिलेसम्म पनि आफ्नो संगठनले क्याम्पससंगको सहकार्यमा विभिन्न शैक्षिक सुधारका कामहरु गरिसकेको जानकारी दिए ।

 ग्रामीण क्याम्पसलाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त नमुना क्याम्पस वनाउनु आफ्नो मुख्य उदेश्य रहेको बताउदै उनले भने–"अब क्रान्तिकारी नेतृत्वमा ग्रामीण क्याम्पसले कांचुली फेर्ने निश्चीत छ, हाम्रो प्यानलले जित्ने निश्चीत देखेपछि अन्य बिद्यार्थी संगठनहरुमा आतंक सिर्जना भएको छ" ।   

उनले ग्रामीण क्याम्पसमा भएको अनियमितता, छात्रवृत्तीलाई पारदर्शी बनाउन, महाँगो शूल्क तिरेर टिउसन पढ्नुपर्ने समस्याको अन्त्यका लागि क्याम्पसका दक्ष प्रध्यापकहरुद्धारा सहुलियतमा अतिरिक्त कक्षा सञ्चालन, भौतिक पुर्वाधार र शैक्षिक सुधार गर्न आफूलाई जिताउन सम्पुण परिबर्तनकारी बिद्यार्थीहरुलाई आव्हानसमेत गरे ।

 क्याम्पसमै दक्ष प्रध्यापकहरुबाट न्युन दरमा अतिरित्तक कक्षा सञ्चालन गरेमा महँगोमा ट्युसन पढ्नुपर्ने बाध्यताको अन्त्य हुने बताउदै समुदाय स्तरबाट सञ्चालित क्याम्पसको आयस्रोतका लागि ब्यवसायीक भवन, खेल मैदान, छात्रावास, कम्प्युटर प्रयोगशाला, पुस्तकालयको व्यवस्थित सञ्चालन गर्न पहल गर्ने बताए ।  

नामको अगाडी पद झुण्डाउन आफ्नो उमेद्वारी नभएको प्रष्ट पार्दै तिमिल्सिनाले भने- “शैक्षिक सुधारका लागि अखिल क्रान्तिकारीले जित्न आवश्यक छ ।” विद्यार्थी साथीहरु अनि संगठनका अग्रज विद्यार्थी नेताहरुको ठुलो साथ् र सहयोग रहेकाले क्रान्तिकारीको जीतलाई अब कसैले रोक्न सक्ने सम्भावना नभएको उनले दाबि गरे ।

यस्तै बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति निकट बिद्यार्थी युनियनले पनि क्रान्तिकारीबाट सभापति उम्मेदवार तिमिल्सिनालाइ जिताउन सहयोग गर्ने  नयाँ शक्ति नेपालका केन्द्रीय सचिबालय सदस्य रोशन आचार्यले जानकारी दिएका छन् । आचार्यले सुमन तिमिल्सिनालाइ सर्बसम्मत सभापति बनाउन  सबै बिद्यार्थी संगठनलाई अपील समेत गरेका छन् ।

मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीले पनि सुमन तिमिल्सिनालाइ सभापतिमा जिताउन सहयोग गर्ने ग्रामीण क्याम्पसका बिद्यार्थी नेता रामशरण गजुरेलले जानकारी दिए । सुमन तिमिल्सिना एक इमान्दार र सबै विद्यार्थीको बिस्वासीला नेताको रुपमा परिचित भएकाले उनीबाट मात्र क्याम्पसको मुहार परिवर्तन हुनसक्ने आफ्नो संगठनको निष्कर्ष रहेकाले सभापतिमा समर्थन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला