टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसक"/>

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

फर्जी भर्नाका बिद्यार्थी हटाएपछि डोल्पो क्याम्पसमा २० गते स्ववियु निर्बाचन हुने


टेक शाही/फागुन १८, डोल्पा । अधिराज्य भरि १८ गते हुने भनिएको स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा भने हुन सकेन । 

टियूले तोकेको समयमा हुन नँसके पछि २० गते बिहान ११ बजे देखि २ बजे सम्म क्याम्पसमा हुने भएको छ । फर्जि बिद्यार्थि भर्ना गराएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियनले ताला लगाए पछि तोकिएको मितिमा स्वबियू चुनाव हुन नँसकेको हो । 

बिभिन्न समयमा छलफल तथा बार्ताहरु गरिए पनि निकर्षमा पुग्न नँसके पछि सहायक प्रमूख जिल्ला अधिकारीको सँयोजकत्वमा बुधबार ५ घण्टाको छानबिन पछि २० गते निर्वाचन हुने भएको हो । कुल ६० जना बिद्यार्थि रहेको डोल्पो क्याम्पसमा छानबिन पछि भने ४० जनाले मतादान गर्न पाउने र २० जनालाइ फर्जि बिद्यार्थि भएको भनेर नावालिबाट हटाए पछि उनिहरुले मतादानमा भाग लिन नँपाउने भएको छानबिन समितिका सयोजक सहायक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले जानकारि दिनुभयो । 

छानबिन समितिले फर्जि बिद्यार्थिको नाम हटाए पछि डोल्पो क्याम्पसले आजै अन्तीम नामावलि प्रशासन गरेको छ । भोली मनोनयन दर्ता र दावि बिरोध गर्ने र २० गते निर्वाचन हुने भएको हो । भर्नाको क्रममा नगदि रसिदमा क्रमबद्धता नँमिलेको कारण बिबाद आएपछि २० जनाले मतदानमा भाग लिन नँपाउने भएका क्यापम्स प्रमूख धनन्जय सुबेदिले जानकारि दिनु भयो । 

थोरै बिद्यार्थि रहेको डोल्पो क्याम्पसमा अखिलले फर्जि भनेर बिबाद आउ पछि छानबिन समितिले बिएड पहिलो बर्षका ३१ जना,दोस्रो बर्षका ५ जना र तेस्रो बर्षका ४ जना गरि ४० जना कायम गरेको र अन्य २० जनाको नाम बिभिन्न कारण प्रकृया नँपुगे पछि नेबिसँघ,अखिल र अखिल क्रान्तीकारिका नेतृत्वको सहमति नामावलिबाट हटाए पछि अब निर्वाचन हुनेमा कुनै सँका नँगर्न क्याम्पस ब्यबस्थापन समितिकी सदस्य उर्मिला बिकले बताउनु भयो । 

टियूले दिएको मिति माघ फागुन १ गते सम्मको समय भन्दा पछि पनि बिद्यार्थि भर्ना गराएको भन्दै अनेरास्वबियूले डोल्पो क्याम्पसमा फागुन १० गते देखि ताला लगाएको थियो । सबै प्रकृयामा छानबिन गरेर अन्तीम निर्णय निकाल्ने भन्दै सहमति गरे् पछि १५ गते ताला खोलेको थियो ।

सहमतिमा जाने कि निर्वाचनमा जाने भनेर बारम्बार छलफल गरेको भए पनि कुनै बिषयमा सहमति हुन नँसके पछि अन्तमा छानबिन समिति गठन गरेर छानविन गरिएको हो । सहायक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाको सँयोजकत्वमा क्यापम्स ब्यवस्थापन समिति,क्याम्पस प्रमूख,प्रहरि निरिक्ष र तिनवटा बिद्यार्थिका केन्द्रीय सदस्यहरु एक एक जाना गरि छानबिन समितिकोृ गठन गरिएको र छानबिन समितिले छान बिन गरि एक निर्ण गरि फर्जि बिद्यार्थिको नामावलि हटाएको छ । 

उक्त छानबिन समितिको छानबिन पछि आजै अन्तीमा नामावलि प्रकाशन गरिएको छ । आजैबाट उम्मेद्धारको मनोनयन दर्ता प्रकृया सूरु गरि १९ गते बिहान १० बजे सम्म मनोनयन गरिने समय तोकिएको छ । त्यसै गरि १९ गते उम्मेद्धार बिरुद्ध दाबि बिरोध ११ बजे सम्म गरि सक्ने र १२ बजे उम्मेद्धारको बिरद्ध दाबि बिरोधको अन्तिम नामावलि प्रशासन गर्ने,१ बजे उम्मेद्धारको अन्तिम नामावलि प्रकाशन गर्ने,२ बजे सम्म उम्मेद्धारले उम्मेद्धारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै २० गते बिहान ११ बजेबाट २ बजे सम्म मतदान हुने भएको छ ।

उम्मेद्धारको नामावलि पेश गर्दा समानुपातिक तर्फको पनि बन्द सुचिमा पेश गर्नु पर्ने छ भने स्वबियूको निर्वाचन डोल्पो क्याम्पसमा हुने भएको डोल्पो क्याम्पसले जानकारि दिएको छ । निर्वाचन हुने भए पछि बिद्यार्थि सँगठनका सबै सँगठनहरु दौडधुप गरि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ