फागुन १९, काठमाडौँ | दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौँ | दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण एसियाका सांसदहरूको बैठक सुरु

१९ फाल्गुन २०७३, बिहीबार ०७:५५

फागुन १९, काठमाडौँ | दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ सुरु भएको छ । 

युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको उपस्थिति रहेको छ । 

व्यवस्थापिका संसद अन्तर्गतको समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले दक्षिण एसियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदहरूले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जानकारी दिनुभयो । 

एसियाली मुलुकमा बालमृत्युदर साझा र एउटा प्रमुख समस्याका रूपमा रहँदै आएको छ । नेपालको सन्दर्भमा संसारमा पाँच वर्षमुनिका बालबालिकाको धेरै मृत्यु हुने देशहरुको सूचीमा नेपाल ६३औँ स्थानमा छ । 

युनिसेफका लागि दक्षिण एसियाली निर्देशक जिन गोगले दक्षिण एसियाका अधिकांश मुलुकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर कम उठ्ने हुँदा पर्याप्त मात्रामा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । 

“नीति निर्माताका रुपमा तपाईं सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गरेर परिवर्तन ल्याउन सक्नुहुन्छ, बालबालिकाका लागि कार्यक्रम, नीति र बजेटमा सकारात्मक प्रभाव पार्न सकेमा दक्षिण एसियामा रहेको गरिबी र अन्यखालका समस्या रोक्न सकिन्छ” – उहाँले भन्नुभयो । 

अझै पनि दक्षिण एसियाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । यो क्षेत्रका तीन करोडभन्दा धेरै बालबालिका अझै पनि विद्यालयभन्दा बाहिर छन् । यो समस्या दक्षिण एसियाका सबै देशको साझा समस्याका रूपमा देखा परेको सभापति झाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश