2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

मैले देखेको ः सल्यानमा अझै अन्धविश्वास हटेको छैन्

फागुन २५ गते १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सल्यान खलंगाको टुडिखेलमा लोक गित प्रतियोगीता, कुर्सीदौड प्रतियोगीता, सडक नाटक र महिला हिसां विरुद्धको ¥यालि निकालीने महिला विकास कार्यालय सल्यानले जनाएको छ । 
यस विषयमा मेरो विचार र मैले देखेको ?
खकेन्द्र केसी 

सल्यान सदरमुकाम खलंगामा जागिरको रुपमा काम गर्ने महिला दिदि बहिनिहरु धेरै हुनुहुन्छ । जागिरको रुपमा काम गर्ने महिला सायद शिक्षित नहुने कुरा पनि भए । अझ महिला विकास समितीमा काम गर्ने महिलाहरु पनि हुनुहुन्छ । ति महिलाहरुले सधै कुरा गर्नुहुन्छ महिला हिसां विरुद्धको आवाज हामि उठाउछौँ भनेर । तर एक दिनको कुरा हो खलंगामा खानेपानिको समस्या थियो । रेडियो बाट सहकर्मि साथि र म करिब १५ मिनेट ओरालो बाटो हिडेर काजिधारा भन्ने ठाँउमा पुग्यौँ जहाँ धेरै महिलाहरु एक गार्गी पानि भर्नको लागि लाइनमा बसेका थिए । केहि पुरुषहरु पनि थिए । ति मध्य धेरै जसो मैले चिनेका कर्मचारी महिलाहरु थिए । त्यतिखेर एकजना महिलाले भन्नुभयो “म छुइएकी छु मैले छोएको पानि खान हुदैन्” । म सँगै गएको सहकर्मी साथिले सोध्नुभयो “यो छुइएको भनेको केहो” । म चुप्प लागे किनकी मलाई थाहा थियो त्यो भन्दा तिन दिन अगाडी त्यहि ठाउँमा दुई ओटि महिलाले भगडा गरिरहेकी थिइन् । कारण थियो एउटी महिलाले कपडा धुईराखेकी थिइन र अर्की रजस्वला भएकी महिला आएर पानि भर्ने क्रममा कपडा छुइएपछि विवाद भएछ । ति महिलाको झगडा परिरहेको क्रमममा हामिहरु तिनओटा साथि थियौँ र कपडा धुने महिलालाई हामिहरुले भन्यौँ “तपाईहरु जस्तो जान्ने बुझ्ने मान्छेले यस्तो कुरा किन गर्नुहुन्छ दिदि हामिहरुको गाउँमा त यस्तो अन्धविश्वास हटिसक्यो तपाइहरु त अझ जिल्लाको सदरमुकाममा बस्नुहुन्छ, यस्तो कुरा गरेर झगडा नगर्नुहोस” भन्दा ति कपडा धुने महिलाले हामिलाई जवाफ दिइन “अन्धविश्वासको कुरा यहाँ हैन तिम्रो गाउँ तिर हुन्छ । यो यथार्त कुरा हो रजस्वाला भएको बेला कसैलाई छुनु हुदैन । उसले छोएको पानि पनि प्रयोग गर्नु हुदैन्” । यति सुनेपछि हामि पानि लिएर आफ्नो बाटो लाग्यौँ । 
अब कुरा आयो अगाडीको मेरो सहकर्मी साथिले सोधेको कुरा “छुइएको भनेको केहो” रु र म चुप्प लागेपछि ति महिलाले जवाफ दिइन तिम्रो घर कहाँ हो भाई । मेरो साथिले भन्यौँ मेरो घर सुर्खेत हो । ति महिला हाँसेर भनिन् तिम्रो आमा रजस्वाला भएको बेला घरमा खाना कसले पकाउछ साथिले भन्याँे आमाले नै पकाउनु हुन्छ । तर ति महिलाहरुले भनिन् गाउँबाट आएका भाइहरुले पनि गफ लगाउछन भन्दै हावामा कुरा उडाइन् । 
जिल्लाको सदरमुकाम जस्तो ठाउँमा बस्ने शिक्षीत महिलाहरु जो जागिरको रुपमा काम गर्छन् । ति महिलाहरु त यति पछाडी रहेका छन् । समाजमा रहेको अन्धविश्वास र कुरीतिको अझै जगेर्ना गर्छन् भने अन्य अशिक्षित महिलाहरुले के गर्छन् होला । 
अझैपनि हाम्रो समाजमा कुरीति अन्धविश्वास रहिरहेको छ । अन्धविश्वास हटाउनलाई कुनै गाउँ वा सहर चाहिदैँन मान्छेको मनमा हुनु पर्छ । सहरमा बसे भन्दैमा छोटो लुगा लगाउने, केटाले लगाएको सट पाईन्ट लगाउदैँमा, फेसन बदल्दैमा समाजिक अन्धविश्वास हटदैन् । अन्धविश्वास त मन बाट हटाउन सिक्नु पर्छ । 
यो बर्षको फागुन २५ गते १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवस सबै महिला दिदि बहिनी हरुले मनाउदैँ हुन्छ होला र सल्यान खलंगामा पनि मनाईदै छ । म पानि ल्याउन गएको बेला भेट भएकी ति महिलाहरु पक्कै पनि ¥यालिमा सहभागी हुनुहुन्छ होला । ति महिलाहरुलाई मेरो प्रश्ना छ तपाई अन्धविश्वास तोडौँ भनेर नारा लगाउनु हुन्छ की जगेर्ना गरौँ भनेर ?
१०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको सबैलाई शुभकामना ।।।।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने