२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

मैले देखेको ः सल्यानमा अझै अन्धविश्वास हटेको छैन्

२०७३, २० फाल्गुन शुक्रबार १७:०८

फागुन २५ गते १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सल्यान खलंगाको टुडिखेलमा लोक गित प्रतियोगीता, कुर्सीदौड प्रतियोगीता, सडक नाटक र महिला हिसां विरुद्धको ¥यालि निकालीने महिला विकास कार्यालय सल्यानले जनाएको छ । 
यस विषयमा मेरो विचार र मैले देखेको ?
खकेन्द्र केसी 

सल्यान सदरमुकाम खलंगामा जागिरको रुपमा काम गर्ने महिला दिदि बहिनिहरु धेरै हुनुहुन्छ । जागिरको रुपमा काम गर्ने महिला सायद शिक्षित नहुने कुरा पनि भए । अझ महिला विकास समितीमा काम गर्ने महिलाहरु पनि हुनुहुन्छ । ति महिलाहरुले सधै कुरा गर्नुहुन्छ महिला हिसां विरुद्धको आवाज हामि उठाउछौँ भनेर । तर एक दिनको कुरा हो खलंगामा खानेपानिको समस्या थियो । रेडियो बाट सहकर्मि साथि र म करिब १५ मिनेट ओरालो बाटो हिडेर काजिधारा भन्ने ठाँउमा पुग्यौँ जहाँ धेरै महिलाहरु एक गार्गी पानि भर्नको लागि लाइनमा बसेका थिए । केहि पुरुषहरु पनि थिए । ति मध्य धेरै जसो मैले चिनेका कर्मचारी महिलाहरु थिए । त्यतिखेर एकजना महिलाले भन्नुभयो “म छुइएकी छु मैले छोएको पानि खान हुदैन्” । म सँगै गएको सहकर्मी साथिले सोध्नुभयो “यो छुइएको भनेको केहो” । म चुप्प लागे किनकी मलाई थाहा थियो त्यो भन्दा तिन दिन अगाडी त्यहि ठाउँमा दुई ओटि महिलाले भगडा गरिरहेकी थिइन् । कारण थियो एउटी महिलाले कपडा धुईराखेकी थिइन र अर्की रजस्वला भएकी महिला आएर पानि भर्ने क्रममा कपडा छुइएपछि विवाद भएछ । ति महिलाको झगडा परिरहेको क्रमममा हामिहरु तिनओटा साथि थियौँ र कपडा धुने महिलालाई हामिहरुले भन्यौँ “तपाईहरु जस्तो जान्ने बुझ्ने मान्छेले यस्तो कुरा किन गर्नुहुन्छ दिदि हामिहरुको गाउँमा त यस्तो अन्धविश्वास हटिसक्यो तपाइहरु त अझ जिल्लाको सदरमुकाममा बस्नुहुन्छ, यस्तो कुरा गरेर झगडा नगर्नुहोस” भन्दा ति कपडा धुने महिलाले हामिलाई जवाफ दिइन “अन्धविश्वासको कुरा यहाँ हैन तिम्रो गाउँ तिर हुन्छ । यो यथार्त कुरा हो रजस्वाला भएको बेला कसैलाई छुनु हुदैन । उसले छोएको पानि पनि प्रयोग गर्नु हुदैन्” । यति सुनेपछि हामि पानि लिएर आफ्नो बाटो लाग्यौँ । 
अब कुरा आयो अगाडीको मेरो सहकर्मी साथिले सोधेको कुरा “छुइएको भनेको केहो” रु र म चुप्प लागेपछि ति महिलाले जवाफ दिइन तिम्रो घर कहाँ हो भाई । मेरो साथिले भन्यौँ मेरो घर सुर्खेत हो । ति महिला हाँसेर भनिन् तिम्रो आमा रजस्वाला भएको बेला घरमा खाना कसले पकाउछ साथिले भन्याँे आमाले नै पकाउनु हुन्छ । तर ति महिलाहरुले भनिन् गाउँबाट आएका भाइहरुले पनि गफ लगाउछन भन्दै हावामा कुरा उडाइन् । 
जिल्लाको सदरमुकाम जस्तो ठाउँमा बस्ने शिक्षीत महिलाहरु जो जागिरको रुपमा काम गर्छन् । ति महिलाहरु त यति पछाडी रहेका छन् । समाजमा रहेको अन्धविश्वास र कुरीतिको अझै जगेर्ना गर्छन् भने अन्य अशिक्षित महिलाहरुले के गर्छन् होला । 
अझैपनि हाम्रो समाजमा कुरीति अन्धविश्वास रहिरहेको छ । अन्धविश्वास हटाउनलाई कुनै गाउँ वा सहर चाहिदैँन मान्छेको मनमा हुनु पर्छ । सहरमा बसे भन्दैमा छोटो लुगा लगाउने, केटाले लगाएको सट पाईन्ट लगाउदैँमा, फेसन बदल्दैमा समाजिक अन्धविश्वास हटदैन् । अन्धविश्वास त मन बाट हटाउन सिक्नु पर्छ । 
यो बर्षको फागुन २५ गते १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवस सबै महिला दिदि बहिनी हरुले मनाउदैँ हुन्छ होला र सल्यान खलंगामा पनि मनाईदै छ । म पानि ल्याउन गएको बेला भेट भएकी ति महिलाहरु पक्कै पनि ¥यालिमा सहभागी हुनुहुन्छ होला । ति महिलाहरुलाई मेरो प्रश्ना छ तपाई अन्धविश्वास तोडौँ भनेर नारा लगाउनु हुन्छ की जगेर्ना गरौँ भनेर ?
१०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको सबैलाई शुभकामना ।।।।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ