फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पा"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय नारी दिवसमा राजधानीमा सांसद्सहितको युवा मार्च पास

२०७३, २५ फाल्गुन बुधबार ०८:२५


फागुन २५, काठमाडौँ । १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लागि सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पास कार्यक्रम सम्पन्न गर्यो ।

राजधानीको सामाखुसी चोकबाट सुरु भएको मार्च पास बालाजुको माछापोखरी चोकसम्म पुगेर कोणसभामा पणित भएको थियो । सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउण्डेशन, युथ एड्भोकेसी नेपाल, प्रगतिशिल महिला समाज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा बोल्दै एमालेका सांसद् शेरबहादुर तामांगले संविधानमा महिलालाई नेतृत्वमा पुर्याउन सुरु गरेको भन्दै अब कोही महिला पिल्सिएर बस्न नहुने धारण राखे । राज्यका हरेक अंगमा महिलाको समानुपातिक सहभागिता हुने संविधानमा उल्लेख भएपनि कार्यानयनमा अझै महिलाहरुले शाहसीका साथ अगाडी आउन महिलाहरुलाई अह्वान गरेका छन् ।


त्यस्तैगरि नेपाली कांग्रेसका सांसद्ल दिलमान पाख्रिनले अहिलको नयाँ संविधानले राजनीतिक क्षेत्रमा पुरुष बराबर अधिकार पाउने सुनिश्चित गरेको भन्दै यो कागजमा मात्र सिमित हुन नदिन महिलाहरुलाई आग्रह गरेका छन् ।

नेपाल दक्षिण एशियाकै पहिलो महिला सहभागिता हुने मुलुकमा परे पनि यो संस्थागत भने हुन नसकेको सकारात्मक विकास केन्द्रका अध्यक्ष भीम लामाले बताए। लामा भन्छन् 'समाजलाई सकारात्मक परिवर्तनका लागि 'महिला' माईतमा बाबा र दाजु अनि घरमा श्रीमान र छोराको संरक्षणमा भन्दा खुल्ला प्रतिस्पर्धामा स्वाबलम्बी बन्न सके महिला र पुरुषमा विभेद नहुने दाबी गरेका छन् ।'


त्यस्तै गरि कर्यक्रममा युथ एड्भोकेसीका अध्यक्ष नरेन्द्र खतिवडाले पितृ सतात्मक देशमा संविधानले जति अवसर दिए पनि व्यवहारमा भने त्यो न्युन रहेको भन्दै न्युनिकरणका लागि संविधानको अक्षरांस कार्यानयनमा जोड दिए ।

महिला अधिकार मार्च कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन् । युवा संघ संस्थाका अधिकारकर्मी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी, चिकित्सक लगाएतका व्यक्तिहरुको उपस्थित रहेको  कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै