पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २६, जाजरकोट । जाजरकोटमा ५० बढी यात्रु सवार बस भीरबाट खसेर दुर्घटना भएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

बिहीबार अपरान्ह खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो ।

बसमा करिब ५० यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन् ।

फाइल तस्बिर