धिराज आर.सी./फागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको छ ।
सदरमुकामवाट साल्मा ५ खाराको लागि छुटेको ना ३ ख २२७९ नंम्वरको यात्रुबहाक बस भेरीमालिका नगरपालिका ४ बोहरा नजिक पासागाड खोलामा दुर्घटना ग्रस्त भएको थियो । ६२ जना यात्रु बोकेर छुटेको गाडिमा रहेका २६ जनाको मृत्यू भएको र ३६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । अहिले सम्म २१ जनाको सनाखत भएको र ५ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, सीमा–९ का मदन पुन, भेरीमालिका नगरपालिका–१० का सन्तोष राना, भेरीमालिका–११ का गोपाल सुनार, सोही ठाउँका सर्मिला सुनार, भेरिमालिका–४, का नविन चन्द र गणेश बोहरा, भेरीमालिका–३ का शान्ता सुनारको सनाखत भएको प्रहरीले जनाएको छ ।
यसैगरी दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा , भेरीमालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका–११ गोप्लो सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका–८ का चैते खत्री, जुंगाथापाचौर–५ का भरत विसी र गर्खाकोट–२ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।
बसमा यात्रुहरु खचाखच हालेर जथाभावी वस हुइक्याएका कारण बस दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।
नेपाली सेनाको हेलिकप्टरवाट रुकुमको चौरजहारी विमानस्थलमा राती नै १७ जना विरामीको उद्धार गरि उपचारका लागि नेपालगन्ज लगिएको छ । २०७१ मंसिर ४ गते वस दर्घटना हुँदा ५२ जनाको मृत्यू भएको थियो ।
छिन्चु जाजरकोट सडक खण्ड नै मापदण्ड अनुसार नरहेको पाईएको छ । डवल लेनको सडक नभएका कारण यातायाका साधनहरु हिड्न नमिल्ने साँघुरो सडक रहेको छ । सडकको कालोपत्रेसमेत ठाउँ ठाउँमा भत्किएर दुर्घटनको जोखिम रहेको छ ।