टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नागरिक समाज डोल्पाद्धारा भारतिय एसएसबिको बिरोध

२९ फाल्गुन २०७३, आईतवार १२:२२


टेक शाही/फागुन २९, डोल्पा । कन्चनपूरमा भारतिय सिमा सुरक्षा बल (एसएसबि) द्धारा मारिएका गोबिन्द गौतमको सम्झनामा नागरिक समाज डोल्पाले सोक सभाको आयोजना गरेको छ । गौतमको सम्झनामा भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध सभा एबम र्याली गरेको हो । 

सहित गोबिन्द गौतम अमर रहुन,सिमा मिच्न पाइदैन,भारतिय हस्तक्षेप बन्द गर,भारतिय बिस्तारबाद मुर्दाबाद,सिमा ज्यादति बन्द गर जस्ता नारा लेखिएका पर्चाहरु बोकेर गौतमको फोटो सहित दुनै बजारको परिक्रमा गरि भारतिय सिमा सुरक्षा बल (एसएसबि) को बिरोध गरिएको नागरिक समाज डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो ।

कन्चनपूरमा ज्यान गुमाएका गोबिन्द गौतमलाइ सरकारले सहिद घोषणा गरेर राष्ट्रिय सम्मान सहितको अन्त्यष्टि गरेकोमा सरकार प्रति कृतज्ञता प्रकट गर्दै सञ्चारकर्मिको पनि एक्यबद्धा रहेको र भारतिय सिमा सुरक्षा बल (एसएसबि) का जवानलाइ कारवाहि गरि भारत सरकारले नेपाल सरकारसँग माफी माग्नु पर्ने नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगँले बताउनु भयो । 


सयौको सँख्यमा उपस्थित भएका नागरिक समाजका प्रतिनिधि,राजनितिक कर्मि,सँचारकर्मि लगायत बिभिन्न राजनिकि दलका भातृसँगठनका प्रतिनिधिहरुको उपस्थितिमा भारतिय सिमा सुरक्षा बल (एसएसबि)को बिरोध गरि एक मिनेट मौन धारण गरिसहिद गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको नागरिक समाज डोल्पाले जानकारि दिएको छ । 

नेपालीले स्वतन्त्र रुपमा सिमा क्षेत्रमा जिवन यापन गर्न पाउनु पर्ने र बारमबार सिमा क्षेत्रमा भारतियले ज्यादति गरेको कारण नेपालीले दुख पाउने गरेकोले आजका मितिबाट बन्द गर्नु पर्ने र बारमबार नेपालीले सहेर नँबस्ने नागरिक समाज डोल्पाका सँयोजक ढकालले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य