नेपालको महाकाली अञ्चलको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि२ क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो।[१] यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]
बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो। विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतकोउत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ।
यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ। खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरवाट आयात गरी परिपूर्ति गरिन्छ। यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र संचार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन्। जिल्लाका लगभग सम्पूर्ण गाविस हरूमा स्वास्थ्य सेवा विद्यालय, हुलाक र कृषि एवं पशु सेवा केन्द्रहरूबाट सामान्य रुपमा सेवा सुविधा उपलव्ध गराइने व्यवस्था क्रमिकरुपमा भैरहेको छ। केहि गाविस हरूमा टेलीफोन र विद्युत सेवा विस्तार भइसकेको छ र बाकि रहेका गाविस हरूमा सकेसम्म छिट्टै सेवा विस्तार गर्ने सोच रहेको छ।जिल्लाको करिब ६७ प्रतिशत जनसंख्यालाई पाइपद्वारा खानेपानी उपलव्ध गरा्इएको छ। विकट पहाडी जिल्ला भएको हुनाले खोला नाला प्रसस्त भए पनि सिंचाई र तटवन्ध निर्माणमा प्रभावकारिता ल्याउन सकिएको छैन। यातायातको दृष्टिकोणले यो जिल्ला अन्य पहाडी जिल्लाहरूभन्दा अगाडि नै रहेको देखिन्छ। जिल्लाको विकास निर्माणमा सरकारी निकायहरू लगायत दातृसंस्थाहरू र गैर सरकारी संघ संस्थाहरूबाट राम्रो सहयोग प्राप्त भैरहेको छ। हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ। सोहि अनुसार यस जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरू छन्।
बैतडीको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन्। यी केदारहरू आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ। शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरूमा वर्णन गरेको पाइन्छ। यी चारवटै केदारहरूका देवस्थलहरूमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ। नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुँदा यो जिल्ला डोटी जिल्ला अर्न्तगत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो। बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो।
यस जिल्लाको नाम बैतडी कसरी रहन गयो भन्ने सम्बन्धमा निम्न भनाइहरू रहेका छन्।
बैतडीमा दुई मात्र नगरपालिका छन्। स्रोत साधनले भरपुर्ण भएकोले बैतडीको पाटन क्षेत्रलाई पाटन नगरपालिकाको रुपमा स्थापित भएको छ। पाटनमा आधा दर्जन भन्दा बडी सरकारी कार्यलय, निजी तथा सरकारी स्कुल, कलेज, पक्की बाटो, बेबस्तित बजार , एयरपोट, सिचाई आयोजना, लघु जलविद्धत आयोजना रहेका छन।