२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

८ चैत्र २०७३, मंगलवार ०६:१७


हेमन्त केसी/चैत ८, जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । 

उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्नुहुन्छ । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने गर्नुहुन्छ । वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको छ । 

बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर वाइकाँडा गाउँबाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना बितेको बताउनुहुन्छ । 

उहाँ जस्तै वाइकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा बालुवा बोकी पढाई खर्चसँगै आमालाई सहयोग गर्छिन् । मावि औलगुत्तामा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् । 

बाबा कमाइ गर्न भारत गएको सुनिताको भनाइ छ । अन्य जातका साथी घरमा बिहान, बेलुका पढ्छन्, कसैले ट्युसनसमेत पढ्छन्, सुनिताले भनिन्, “हामी वाइकाँडा प्राविमा पढ्ने सबै दलित विद्यार्थी अर्काको काम गर्दै, पढ्दै गर्छौं ।” 

वाइकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ, स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले बताउनुभयो । सुनिता मात्र होइन, यहाँका दर्जनौँ दलित बालबालिका दैनिक काम गरेर कमाउँदै, पढ्दै गर्ने गरेको बस्नेतको भनाइ छ । 

अभिभावक कमाइका लागि भारत जाने भएका कारण आमा अर्काको काम गरेर दैनिक गुजारा चलाउँछन् । छोराछोरी पनि आमासँगै अर्कैको काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बालअधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीको महारोगले ओझेल पारेको छ । पहाडको डाँडामा रहेको वाइकाँडा बस्तीमा उब्जाउ भूमि, पर्याप्त खानेपानी नहुनु लगायतका समस्याले गर्दा यहाँका दलितको जीवनस्तरमा खस्किएको छ । 

यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलोपटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफूहरुले देशमा के हुँदैछ भन्नेसम्म थाहा पाउन नसकेको स्थानीय बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य