२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित योग गर्नोस्, यसरि रोग भगाउनोस्

२०७३, १० चैत्र बिहीबार ०८:०२


ध्रुवसागर शर्मा,म्याग्दी । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । 

रोगका कारण घरमै बसेर बित्ने उहाँको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उहाँ निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटिनुहुन्छ । 

श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त हुनुभएको छ । थापा र पुन त्यत्तिकै ठीक हुनुभएको होइन, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उहाँहरूले स्वास्थ्यलाभ गर्नुभएको हो । योग गरेर १५ दिनमै उहाँहरूको स्वास्थ्यमा परिवर्तन आएको हो । 

दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गर्नुहुन्छ । योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्न,े अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ । 

शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारका बयोवृद्ध नैनकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी, नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताउनुभयो । 

“पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सँन्थँे, कापीमा लेखेर लग्नुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ,” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भन्नुभयो । 

रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक नवीन जुग्जाली व्यक्त गर्नुहुन्छ । 

मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्नसक्ने उल्लेख गर्दै उहाँले अनुशासित समाजको निर्माण गर्न योग गर्नु श्रेयस्कर भएको बताउनुभयो । आठ प्रकारका प्राणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव मात्रै पार्ने ठोकुवा गर्नुहुन्छ । 

छिमेकी मुलुक भारतका झै नेपालमा समेत कक्षा ५ देखि कक्षा १२ सम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उहाँको ठम्याइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा