४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’

७ मंसिर २०८१, शुक्रबार ११:५५

काठमाडौं । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ ।
शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ ।

गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।


चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने जानकारी दिए । उनले भने, ‘रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ ।’

एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । सामले ‘हाथी मेरे साथी’ र चियान विक्रम अभिनीत ‘थङ्गलम’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन् ।

’बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को चलचित्रको छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि ’१२ गाउँ’ चलचित्र छायाङ्कन गरेका थिए ।

कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माताको भूमिकामा छन् ।

‘बलिदान’ नेपाली समाजको यथार्थ चित्रणसँगै भव्य दृश्य र प्रविधिमाथिको उच्च प्रयोगले सिनेप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै