२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले निर्माण गर्यो स्थानीय निर्वाचनमा उम्मेदवारको मापदण्ड

२०७३, १० चैत्र बिहीबार १३:२०


चैत १०, भक्तपुर । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । 

बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । 

पार्टीका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आजको बैठकले एमालेले अब सिङ्गो पार्टी पङ्क्ति स्थानीय तहको निर्वाचनमा खटाउने निर्णय गरेको तथा गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी तत्कालै गठन गरी निर्वाचन अभियानलाई तीव पार्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले प्रदेश नं २ मा चैतभर प्रदेशस्तरमा विस्तारित भेला, जिल्लास्तरमा कार्यकर्ता भेला र गाउँ नगरस्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । 

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने कार्यविधि एवम् मापदण्डसमेत तयार पारिएको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने छ । 

नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धमा भने कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका एवम् महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने गरी कार्यविधि तयार गरिएको उहाँले बताउनुभयो । त्यसैगरी एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकालाई मात्रै उम्मेदवार बनाउने र उम्मेदवारी समावेशी बनाउने भएको छ । 

त्यस्तै सरकारले निर्वाचन आचारसंहिता विपरीत सरुवा, बढुवा, बजेट विनियोजन गर्नेजस्ता निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै बैठकमा आपत्ति पनि जनाइएको छ । बैठकले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्रदेश नं २ मा स्थगित अभियानलाई आगामी वैशाख १ गतेदेखि सुरु गरिने भएको छ । एमालेले पार्टीमा नयाँ प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनःआह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध