चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन: कोइराला

२०७३, ११ चैत्र शुक्रबार १२:२२

चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए । 

डा कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए । उनले भने-, “काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।” 

नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएकाले तिनका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव आशासिंह राठौरले ट्रेड युनियनमा लागेका व्यक्तिलाई सम्मानले ठूलो प्रोत्साहन मिल्ने बताए । 

कार्यक्रममा जिपी कोइराला लेबर फाउन्डेसनका अध्यक्ष शिशिरकुमार झा, नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, इम्ब्रोडरी तथा सिलाइबुनाइ सङ्घका अध्यक्ष तेजप्रकाश रिजाललगायतले श्रमिकका लागि राज्यले छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिए । 

ट्रेड युनियन अवार्ड केसीलाई 

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्ड नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय सदस्य सुरथबहादुर केसीलाई प्रदान गरिएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको स्थापनाकालदेखि श्रमिकको हकहितका लागि विशेष योगदान पुु¥याएको भन्दै उहाँलाई रु १० हजार २५ सहित प्रमाणपत्र प्रदान गरिएको हो । 

ट्रेड युनियनकर्मी सूर्य नेपाल, मीरा निरौला र नेपाली काँग्रेसकी नेत्रीसुजाता कोइरालाको सक्रियतामा विसं २०७१ देखि अवार्ड स्थापना गरी प्रत्येक वर्ष वितरण गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह