धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष म"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहका हत्यारालाई समाउन कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

१६ चैत्र २०७३, बुधबार १२:३७


धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष माग गरेको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस जाजरकोटका सचिव खडक विसीले २४ घन्टा भित्र हत्यारालाई सार्वजनिक नगरे थप सशक्क्त आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवार स्वंय प्रशासन हुनुपर्ने बताए । 

यसैगरी समाजसेवी तथा युवा नेता शाहको हत्याको शोकमा आज सदरमुकाम खलंगा पूर्ण रुपमा बन्द गरिएको छ । शाहको हत्यारालाई चाँडो भन्दा चाँडो कारवाही गर्न माग गर्दै नेपाली कांग्रेसको आयोजनामा सदरमुकाममा विरोध र्याली समेत निकालिएको थियो । 

सयौंको संख्यामा स्थानीयको सहभागिता रहेको विरोध र्याली ठाँटीबजारबाट शुरु भई सदरमुकाम खलंगाको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर पुनः र्याली ठाँटीबजारमा पुगी कोणसभामा परिणत भएको थियो । 


यसै विच जिल्ला स्थित दर्जनबढी विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ती मार्फत शाहको हत्यालाई क्रुर, अमानवीय हत्याको संज्ञा दिदैं हत्यारालाई तत्काल कारवाही गर्न माग गरिएको छ । नेपाली कांग्रेस जाजरकोट, गैरसरकारी संस्था महासंघ जाजरकोट, नेपाल शिक्षक संगठन जाजरकोट, निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै शाहका हत्यारा तत्काल सार्वजनिक गरी कारवाहीका लागि प्रशासन समक्ष माग गरेका छन् । 

समाजसेवी तथा युवा नेता शाहलाई मंगलबार बेलुकी सदरमुकाम खलंगाको तल्लो थाप्ले नजिकैको जंगलमा अज्ञात समुहले ढुंगा प्रहार गरी क्रुर हत्या गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य