धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष म"/>

2026-09-14 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहका हत्यारालाई समाउन कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम


धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष माग गरेको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस जाजरकोटका सचिव खडक विसीले २४ घन्टा भित्र हत्यारालाई सार्वजनिक नगरे थप सशक्क्त आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवार स्वंय प्रशासन हुनुपर्ने बताए । 

यसैगरी समाजसेवी तथा युवा नेता शाहको हत्याको शोकमा आज सदरमुकाम खलंगा पूर्ण रुपमा बन्द गरिएको छ । शाहको हत्यारालाई चाँडो भन्दा चाँडो कारवाही गर्न माग गर्दै नेपाली कांग्रेसको आयोजनामा सदरमुकाममा विरोध र्याली समेत निकालिएको थियो । 

सयौंको संख्यामा स्थानीयको सहभागिता रहेको विरोध र्याली ठाँटीबजारबाट शुरु भई सदरमुकाम खलंगाको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर पुनः र्याली ठाँटीबजारमा पुगी कोणसभामा परिणत भएको थियो । 

यसै विच जिल्ला स्थित दर्जनबढी विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ती मार्फत शाहको हत्यालाई क्रुर, अमानवीय हत्याको संज्ञा दिदैं हत्यारालाई तत्काल कारवाही गर्न माग गरिएको छ । नेपाली कांग्रेस जाजरकोट, गैरसरकारी संस्था महासंघ जाजरकोट, नेपाल शिक्षक संगठन जाजरकोट, निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै शाहका हत्यारा तत्काल सार्वजनिक गरी कारवाहीका लागि प्रशासन समक्ष माग गरेका छन् । 

समाजसेवी तथा युवा नेता शाहलाई मंगलबार बेलुकी सदरमुकाम खलंगाको तल्लो थाप्ले नजिकैको जंगलमा अज्ञात समुहले ढुंगा प्रहार गरी क्रुर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ