३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

हलिया वस्दै आएको भएपनि हलिया मुक्तिले उनिहरुलाई छोएन

८ पुष २०७२, बुधबार ०७:५३

ललित बोहरा/पुस ८, डडेल्धुरा । डडेल्धुरा जिल्ला कैलपालमाण्डौ गाविस ९ रुमायलमा रहेको पुरै दलित वस्ती वर्षोै देखी हलिया वस्दै आएको भएपनि हलिया मुक्तिले उनिहरुलाई छोएको छैन् ।

हलियाको मुक्तिका लागि वर्षौ देखी ठूल ठूला आन्दोलन भएपनि डडेल्धुरा जिल्लाको रुमायल गाउँमा रहेका झण्डै ७० परिवार मुक्तहलियाहरुको तथ्याङ्क नै संकलन नभएको जिल्ला मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम शार्कीले वताए ।

मुक्त हलियाको तथ्याङ्क संकलनको जिम्मेवारी नेपाल सरकारको भएको वताउँदै अध्यक्ष शार्कीले नेपाल सरकारको वेवास्ताका कारण मुक्त हलियाको तथ्याङ्क संकलन हुन नसकेको हो । ‘ सो गाँउका हलियाहरु मुक्त भएपनि तथ्याङ्क हुन नसकेका कारण उनिहरु नेपाल सरकारवाट दिईने सेवा सुविधावाट वञ्चित हुनु परेको छ ।’

अध्यक्ष शार्कीले भने –अव कैलपालमाण्डौ गाविस संग सहकार्य गरेर छिट्टै ति मुक्त हलियाको तथ्याङ्क संकलनका लागि पहल गर्ने राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराका अध्यक्ष राजुराम भुलले वताउनु भयो । रुमायल गाँउमा रहेका ७० घर परिवार मुक्त हलियाहरु दलित परिवारका रहेका छन् ।

वर्षौ देखी मालिकको जमिनमा वस्दै आएका मुक्त हलियाहरुको तथ्याङ्क संकलन हुन नसक्दा उनिहरुले नेपाल सरकारवाट पाउने सेवा सुविधावाट समेत वञ्चित हुने गरेका छन् । तालिम, आयआर्जनका कार्यक्रम देखी विद्यालयमा छोराछोरी लाई पढाउन पाउने सेवा सुविधावाट समेत वञ्चित हुँर्दै आएका छन् ।

झण्डै एक शताव्दी देखी अर्कैको जमिनमा वस्दै आएका छौं , हलि वसेर नै वावु वाजेले जिविको पार्जन गरे तर अहिले मालिकवाट त मुक्ती पाइयो तर मुक्त हलियाको तथ्याङ्ककमा आफुहरु नपर्दा पुर्नस्थापना देखी नेपाल सरकारले दिएको सेवा ससविधावाट वञ्चित हुनु परेको छ,। रुमायलका मुक्त हलिया ठगि टमटाले भने –हलिया मुक्ती त भईयो तर पछि आफुहरु कहाँ कोही नआएकाले आफुहरुको विचल्ली भएको छ ।

अव मालिकले पनि केही दिदैनन् ,गाँउमा दैनि ज्यालादारी गर्न पनि पाईदैन, जस्का कारण साँझ विहानको छाक टार्नमा समेत समस्या हुने गरेको रुदै ठगिले भने । अव के गर्ने मुक्त भएपछि आफुहरुलाई केही पनि थाहा छैन । ठगि मात्रै नभई गन्ना टमटाको अवस्था पनि यस्थै रहेको छ । उनी पनि आफ्नो परिवारको पालन पोषण गर्नका लागि समस्या हुने गरेको वताउछन् । १२ वर्षकै वालकलाई विद्यालय पढाउन छोडेर रोजगारीका लागि भारत पठाउन वाध्य भएको गन्नाले वताए ।

हलिया मुक्त भएपनि आफुहरुको हक अधिकारका लागि लड्ने संघ संस्था छन् भन्नेवारेमा समेत कुनै जानकारी नपाएको सो गाँउका मुक्त हलियाहरुको भनाई रहेको छ । गाविसले पनि आफुहरु प्रति वेवास्ता गरेको वताउँदै मुक्त हलियाहरुले अव आफुहरुको तथ्याङ्क संकलन गरेर पुर्नस्थापनाका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।

डडेल्धुरा जिल्लामा जना २ हजार ५ सय ७६ मुक्तहलिया रहेका छन् । डडेल्धुरा जिल्लामा मात्रै नभई सुदुरपश्चिम र मध्यपश्चिमका अन्य जिल्लाहरुमा समेत मुक्त हलियाहरुको तथ्याङ्क संकलन गर्न छुटेको राष्ट्रि मुक्त हलिया मसमाज महासंघका अध्यक्ष भुलले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली