चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकद्वारा प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

२०७३, २८ चैत्र सोमबार १५:१८

चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।

कार्यसम्पादन र नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको बताईएको छ । सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछी प्रहरी महानिरीक्षक नियुक्तिमा ढिलाई भएको थियो । सर्वोच्चले चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । 

राजनीतिक हिसावले आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए । डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए । यता नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु नभनेपनि घुमाउरो शैलीमा अदालतले उनलाई नै प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको थियो । तर मन्त्रिपरिषद् बैठकले सिलवाललाई आईजीपी नबनाई अर्याललाई नियुक्त गरेको छ । 

संक्षेपमा: को हुन् अर्याल ?

जन्म: २०२० असार १४ (दाङको त्रिभुवन नगरपालिका– ११)

प्रहरी सेवामा प्रवेश: २०४४ चैत १९ गते (प्रहरी निरीक्षक)

जिल्ला प्रमुखको भूमिका: दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर र कास्की (अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख)

अध्ययन: स्नाकोत्तर

बढुवा: २०६९ साल पुस ४ गते (एसएसपीबाट डिआइजीमा बढुवा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने