२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण देखाउ’ – सर्वोच्च अदालत

२०७३, ३० चैत्र बुधबार १३:५२

चैत ३०, काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । सो रिटको सुनवाई आगामी वैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

निवेदनमा सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी प्रहरी महानिरीक्षक बनाउन माग गरेका छन् । चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ अङ्क र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा अगाडि भएको सिलवालको रिट निवेदनमा उल्लेख गरिएको छ । 

यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराई आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले रिट दायर गर्नुभएकोमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो । 

सर्वोच्चले दोस्रो वरियता ठहर गरेका अर्याललाई मन्त्रिपरिषद्को बैठकले सोमबार प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सिलवालले सर्वोच्च अदालतमा पुनः रिट निवेदन दायर गर्नुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ