वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालय"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन्दनको हत्या होइन, आत्महत्या नै होः प्रहरी

२०७४, ४ बैशाख सोमबार ०१:३८

वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो। 

करिव दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको थियो। मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो।

समितिले आइतबार महानगरिय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ । प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ। ‘प्राविधिकरुपमा सम्पुर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिदैन। उनले आत्महत्या नै गरेका हुन्’, संयोजक ज्ञवालीले भने ।

उनले छानविनका क्रममा ४५ जनासँग कुरा गरिएको बताए। प्रशासकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ । – अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ