वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार ग"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको घोषणापत्र: पाँच वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर !

५ बैशाख २०७४, मंगलवार ००:४९

वैशाख ५, काठमाडौँ । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पुर्याउने योजना सहित नेकपा (एमाले)ले घोषणापत्र तयार गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी गर्ने क्रममा एमालेले सोमबार पत्रकारसँग छलफल गरेको थियो ।

एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले अबको १० वर्षमा सबै तहको शिक्षा निःशुल्क गर्ने गरी पार्टीले योजना बनाइरहेको बताउनुभयो । उहाँले पाँच वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पुर्याउने योजना पनि एमालेले बनाएको दाबी गर्नुभयो ।

नयाँ संविधान समाजवाद उन्मुख भएकाले त्यसको कार्यान्वयनका लागि सरकार पनि समाजवादी चरित्रको हुनुपर्ने भन्दै उहाँले एमाले नेतृत्वको सरकार भएमात्र एमालेको योजना र नागरिकको चाहना पूरा हुनसक्ने बताउनुभयो । हरेक घरमा एक रोजगार, कृषिमा आत्मनिर्भर, गरिबी, बेरोजगारी अन्त्य गर्ने गरी योजना बनिरहेको उहाँले बताउनुभयो । नागरिकको आधारभूत आवश्यकता पूरा नहुँदासम्म समाजवाद आउन नसक्ने भन्दै उहाँले त्यसका लागि एमालेले काम गर्न सुरु गरिसकेको तर्क गर्नुभयो । स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने र एकै चरणमा सम्पन्न गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेमा दुविधा नपाल्न आग्रह गर्नुभयो । उहाँले मुलुक निर्वाचनमा होमिइसकेकाले अब कुनै शक्तिले चाहेमा पनि निर्वाचन नरोकिने बताउनुभयो ।

एमालेले निर्वाचनका लागि पूर्ण तयारी गरिसकेको र त्यसका लागि पार्टी पूर्णतः स्वस्थ रहेको तर्क उहाँले गर्नुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमको सबलीकरणका लागि एमालेले आवश्यक नीति लिने बताउनुभयो ।

एमालेले विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा विश्वविद्यालयमा प्राध्यापनरत पत्रकारसँग छलफल गरेर चुनावी घोषणापत्रमा समेटिनुपर्ने मिडियाका विषयमा सुझाव मागेको थियो । पत्रकारले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, मातृभाषी सञ्चारमाध्यमको संरक्षण र सहुलियत, सञ्चारमा समावेशी सहभागितामूलक पद्धति, सामुदायिक सूचना केन्द्र स्थापना, इन्टरनेटको सहुलियत, पत्रकारको प्रशिक्षण तथा दक्षता अभिवृद्धि, समानुपातिक विज्ञापन वितरण प्रणालीका विषयमा सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश