बैशाख ५, काठमाडौं । 'हामी टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गर्दैछौं । र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ' भन्ने मिठा अभिव्यक्ति दिने यी हुन् भर्खर २१ ब"/>
बैशाख ५, काठमाडौं । 'हामी टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गर्दैछौं । र अबको राजनीति भनेको पनि यस्तै हुनुपर्छ' भन्ने मिठा अभिव्यक्ति दिने यी हुन् भर्खर २१ बशन्त पार गरेकी रन्जु दर्शना ।
राजनीतिक पृष्ठभूमिमा बिबेकशील नेपाली दलसँग आवद्ध यी कलिली तर राजनीतिमा निकै माहिर बनिसकेकी दर्शना आगामी चुनावमा काठमाडौँको लागि मेयर पदमा चुनाव लड्ने साहश सहित मैदानमा उत्रिसकेकि छिन् । बिबेकशील नेपाली दल मार्फत धेरै राजनीतिक बेथितिका मुद्धा बिरुद्ध सक्रिय बनेकि दर्शनाको बिषयमा यस अघि पनि बिभिन्न संचार माध्यमले चर्चा गरिसकेका छन् ।
काठमाडौँमै जन्मिएकी दर्शना आगामी निर्वाचनमा जनताको सहयोग पाए काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनामा छिन् । उनि लगायत उनको टिमले काठमाडौँलाई शुन्दर बनाउने सपना मात्र देखेको छैन त्यस अनुरुपको अध्ययन समेत आमा जनताको सुझाव सहित तयार गरिसकेको छ ।
दर्शनाको भनाई छ कि जनताले विश्वास गरे 'हामी राजनीतिक सिन्डिकेट तोड्न सक्छौं र योजना अनुसार काठमाडौँलाई संसारकै शुन्दर बनाउन सक्छौ ।'