५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खरीमा पैसा बाँडेर वडा अध्यक्ष जित्ने यस्तो रणनीति

५ बैशाख २०७४, मंगलवार १४:५०

बैशाख ५, धादिङ्ग | धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मतदाता रहेको वार्ड नम्बर ५ (साविकको खरी गाविस) मा दलित सहित केहिलाई पैसाको लोभ देखाई निर्वाचन जित्ने गोप्य रणनीति लिईएको खुलेको छ | 

स्रोतबाट प्राप्त जानकारी अनुसार यहाँका मुख्य दलहरुले बराबरी टक्कर हुने देखेपछी आफुलाई जिताउन त्यहाँ स्थित दलितलाई लक्षित गर्दै पैसा पेलेरै भएपनि चुनाव जित्ने रणनीति लिएको खुलेको हो | उता दलित तर्फका केहि व्यक्तिहरु समेत पैसाको बार्गेनिङ्ग गर्नमा व्यस्त देखिएका छन् | निर्वाचन जित्न आफ्नो मत निर्णायक भएपछी केहि दलित मतदाताहरुले पैसा दिनेलाई मत हाल्ने सम्भावना रहेको गाउँ स्तरकै एक जना उम्मेद्वारले बताए | उनका अनुसार केहि दलितहरुले अहिलेदेखिनै आफ्नो मतको लागि पैसाको प्रस्ताव राखिसकेको खुलाए | 

उनले भने 'केहि दिन अघि एउटा पार्टीमा प्रवेश गर्ने केहि दलित मतदाताहरु अहिले फेरी अर्को दलमा प्रवेश गर्न थालेका छन्, यो पैसाकै खेल हो | जसले मोटो रकम दिन सक्छ उसलाई भोट हाल्ने सहमति गर्दै हिडेका छन् | चुनावसम्ममा उनीहरुले क-कसको सदस्यता लिन्छन् भन्न सकिन्न |' उनले भने 'आजैदेखि बिभिन्न प्रलोभनमा परि यता र उता लाग्ने मतदाताहरु निर्वाचनको दिनसम्म कता पुग्छन भन्न सकिन्न |' उनले थप खुलासा गर्दै भने 'यसरी पैसाको पछी लाग्ने दलित ठुलो संस्ख्यामा नभएपनि उनीहरुको कारण निर्वाचनमा ठुलै हलचल हुन सक्छ |' खरीमा जुनसुकै निर्वाचनमा दलितको मतले ठुलो भूमिका खेल्छ, अरुमा भन्दा कम राजनीतिक चेतना, रक्सि तथा भोजमा बिक्ने र मतदानमा आत्मनिर्णय लिन नसक्ने दलितहरु बिभिन्न प्रलोभनमा बिक्ने गरेका छन् |  

एक स्रोतको अनुसार साविकको गाविस खरी (हालको वार्ड नम्बर ५) मा मुख्य दलले नै पैसाको बलमा उम्मेद्वार छनोट गरेको आरोप लगाइएको छ | जसले निर्वाचनमा १०-१५ लाख खर्च गर्न सक्छ उसले चुनाव जित्ने सम्भावना रहेको भन्दै पैसा हुनेलाई वडा अध्यक्षको उम्मेद्वार बनाइएको छ | ज्वालामुखी गाउँपालिकामै सबैभन्दा बढी मतदाता भएको कारण बिभिन्न ठुला दलले समेत खरीमा अन्यत्र भन्दा बढी चासो दिएका छन् | गाउँपालिकाको प्रमुख सहित अन्य उम्मेदवारको जितको लागि पनि धेरै मतदाता भएको ठाउँले ठुलो अर्थ राख्ने हुँदा खरीमा चलखेल हुने निश्चित छ | 

यता निर्वाचनमा जित्नको लागि पैसा खर्चिनेहरुले भोली गाउँ बिकासमा कस्तो भूमिका खेल्छन ? भन्नेहरु पनि छन् | निर्वाचनका लागि वडा अध्यक्ष पदमै १०/१५ लाख भन्दा बढी पैसा खर्च गर्न तयार हुनेले निर्वाचन पछी उक्त पैसा उठाउन कति भ्रष्ट्राचार गर्छ भन्ने बारे भने कसैको चासो छैन | निर्वाचन नजिकिदै गर्दा पैसाको बलमा कार्यकर्ता बटुलेर अनावश्यक खर्च गर्दा त्यसले निर्वाचन त जितिएला तर सिंगो गाउँको बिकासलाई कति घाटा हुन्छ भन्ने हेक्का मतदाताले राख्न जरुरी छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने