२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको परिकल्पना, ‘नमुना स्थानीय सरकार’

२०७४, ६ बैशाख बुधबार १६:१८

बैशाख ६, काठमाडौँ। नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ । 

नेता महेश आचार्य नेतृत्वको पार्टीको निर्वाचन घोषणापत्र तयारी समितिले आज पार्टीका शीर्ष नेता तथा पदाधिकारीसहित प्रारम्भिक मस्यौदामाथि छलफल गरेको छ । छलफलका क्रममा नेताले स्थानीयस्तरका विषयलाई बढी प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभएको समितिले जनाएको छ । 

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्नुपर्ने विषयमा काँग्रेसले जोड दिएको छ । 

पार्टीेले सहरी क्षेत्रका साथै गाउँपालिकाका जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, स्थानीयस्तरमा रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने विषय घोषणापत्रमा समावेश गर्ने तयारी गरेको छ । 

निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय काँग्रेसको प्रतिबद्धता हुनेछ । 

समितिले यसअघि पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो । 

समितिले थप छलफलपछि यही वैशाख १० गते घोषणापत्र सार्वजनिक गरी जिल्ला जिल्लामा पुर्याउने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ