कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला "/>

2026-08-29 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमालेले वोहरालाई मंगलसेन नगरपालिका मेयरमा सिफारिस गर्यो

कमल रावल/बैशाख ९, अछाम । नेकपा एमालेले मंगलसेन नगरपालिकाको मेयरका लागी एमाले नेता पदम वोहराको नाम निर्विरोध सिफारीस गरेको छ । 

नेकपा एमाले जिल्ला कमिटी अछामको वैठकले उहाँलाई सिफारिस उम्मेदार गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख भिम जनालाले जानकारी दिनु भयो । २०१६ सालमा साविकको मंगलसेन गाविस वडा नं ९ मा जन्मनु भएका नेता वोहरा २०३६ सालवाट सामाजिक क्षेत्रमा काम गर्न सुरु गर्नु भएको हो । 

२०४७ सालवाट नेकपा एमालेमा आवद्ध भई उहाँले राजनितिक यात्रा अघि वढाउनु भएको थियो । नेकपा एमालेका जिल्ला संगठन विभाग प्रमुख र मंगलसेन नगर ईन्चार्ज समेत रहनु भएका नेता वोहरा २०४८ सालको स्थानीय निकायको चुनाववाट मंगलसेन गाविस वडा नं ९ मा नेकपा एमालेवाट उपाध्यक्षमा विजयी हुनु भएको थियो । 

तेतीवेला नेकपा एमालेवाटै मंगलसेन गाविस वडा नं ८ निवासी दान वहादुर धामी मंगलसेन गाविसको अध्यक्ष विजयी हुनु भएको थियो । २०५४ सालमा नेकपा एमालेवाट नवल सिंह वोगटी मंगलसेन गाविसको अध्यक्ष्य विजयी हुँदा एमाले नेता वोहरा उपाध्यक्ष्य विजयी हुनु भएको थियो । 

आफ्नो जिवन नै समाजसेवमा समर्पण गर्ने अठोट लिनु भएका नेता वोहरा विभिन्न समयमा साविकको मगलसेन गाविस वडा नं ८ मा रहेको राधा मावि, मंगलसेन गाविस वडा नं ५ मा रहेको षोड्शा उच्च मावि र अछाम वहुमुख क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष भएर क्याम्पस तथा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा महत्वपुर्ण योगदान दिनु भएको छ । 

विभिन्न सामाजिक क्षेत्रमा लामो समयसम्म काम गरिसक्नु भएका नेता वोहरा हाल सम्म कुनै पनी किसिमको नराम्रो कुरामा मुछिनु भएको छैन । 

कहिल्यै पनी कुनै प्रकारको आर्थिक प्रलोभनमा नपर्ने नेता वोहरालाई मंगलसेन वासिले जहिले पनी अविभावककोरुपमा लिने गर्दछन । आफु माथी मंगलसेनका जनताहरुको माया र विश्वास रहेकाले आफ्नो जित शुनिश्चित भएको उहाँको दावी छ । 

यस्तै जिल्लाको मेल्लेख गाउँपालिकाबाट नेकपा एमालेबाट हिरण्ड भट्टराई र रामारोशन गाउँपालिकाबाट २०५४ सालमा चाफामाण्डौ गाविसबाट निर्वाचित अध्यक्ष चक्र रावल सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटी अछामले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो