2026-10-13 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग

2026-10-13

काठमाडौँ | नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो प्रकरणप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हिंसामा परेकी महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा प्रबन्ध गर्न सरकार तथा नेपाल प्रहरीसँग जोडदार माग गरेकी हुन्।

सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले सार्वजनिक भएको अडियोमा पूर्वराज्यमन्त्री रहेकी महिला र उनका नाबालक बच्चालाई अश्लील गालीगलौजका साथै ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख गरेकी छन्। सार्वजनिक अडियो अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले निर्दोष बच्चालाई समेत निशाना बनाइनु हिंसाको पराकाष्ठा भएको टिप्पणी गरेकी छन्। दुई व्यक्तिको सम्बन्ध वा विवादमा बच्चाको कुनै दोष नरहने भन्दै यस्तो गम्भीर धम्की र हिंसा सह्य नहुने उनको ठहर छ।

घटनालाई सामान्य रूपमा लिन नसकिने र पीडित महिला तथा बच्चामाथि गम्भीर सुरक्षा खतरा रहेको उल्लेख गर्दै झाँक्रीले अपराधीमाथि कारबाही अघि बढाउनुभन्दा पहिले पीडितको जीवन रक्षा मुख्य सवाल भएको बताएकी छन्। उनले नेपाल प्रहरीलाई यस विषयमा तत्काल गम्भीर बन्न र पीडित आमा-बच्चालाई उद्धार (रेस्क्यु) गरी सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेकी छन्। यसका साथै नेतृ झाँक्रीले यस प्रकरणलाई लिएर रास्वपा सभापति रवि लामिछानेको ध्यानाकर्षण गराउँदै पार्टीले आफ्ना सांसद जोडिएको यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताएकी छन्। सामान्यतया अरूको व्यक्तिगत मामिलामा चासो नराख्ने भए पनि यो विषय व्यक्तिगत मात्र नभई ठूलो हिंसा, असुरक्षा र गम्भीर मानसिक तनाव (ट्रमा) सँग जोडिएकाले बोल्नुपरेको उनले स्पष्ट पारेकी छन्। कुनै पनि अप्रिय घटना हुनुअघि नै राज्यका निकायहरूले तदारुकताका साथ कानुनी कारबाही र सुरक्षा प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ