2026-10-13 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’

2026-10-13

काठमाडौँ | एक विवादास्पद अडियो सार्वजनिक गरिएपछि रास्वपा सांसद खगेन्द्र सुनारले आफ्नो धारणा सार्वजनिक गरेका छन्। मंगलबार बिहान फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारको जिकिर छ। प्रहरीभित्रको बदमासीविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वले धम्क्याउने काम गरेको उनले गम्भीर आरोप लगाएका छन्। सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सांसद सुनारले उक्त अडियो आफ्नो नभएको र कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत जोडेर प्रचार गरिएको दाबी गरेका छन् ।

कसैले मुद्दा नहालेपछि मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र अन्य व्यक्तिको चरित्रहत्या गर्ने खेल रचिएको उनको जिकिर छ। आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्य संयन्त्रबाट हुने निष्पक्ष छानबिनलाई सघाउन तयार रहेको बताएका छन्। यदि आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको ठहरिएमा पार्टीको केन्द्रीय समिति तथा सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता